नगरको राहत कोषमा २४ लाख ३० हजार बढी - Sainokhabar

नगरको राहत कोषमा २४ लाख ३० हजार बढी

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको राहत कोषमा हालसम्म २४ लाख ३० हजार ९२ रुपैयाँ जम्मा भएको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म २४ लाख ३० हजार ९२ रुपैयाँ जम्मा भएको हो । जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण कार्य भइरहेको समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताए । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइएको छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

नगर उपप्रमुखबाट राहत कोषमा रकम प्रदान

पथरी शनिश्चरे नगरपालिका उपम्रमुख यमुना विष्ट वास्तोलाले आज २१ हजार ५ रुपैयाँ प्रदान गरेकी छिन् । नगर उपप्रमुख वास्तोलाले कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईलाई २१ हजार ५ रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

सम्बन्धित खवर