पथरीमा सागसब्जी आयातमा रोक - Sainokhabar

पथरीमा सागसब्जी आयातमा रोक

साइनो समाचारदाता

पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर बाहिरबाट सागसब्जी र फलफुल भित्रिन समेत नदिने भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईले कोरोना सर्न सक्ने माध्यममध्येको तरकारी तथा फलफुल अन्य पालिकाबाट आउन नदिने तथा आवतजावतमा पनि कडाईका साथ रोक लगाएर आफुपनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश प्रवाहमा लागि परेको वताए । अन्य देश तथा अन्य पालिकाबाट यातायातका साधन भित्रिन नदिई कडाईका साथ रोक लगाइने उल्लेख गरे । नगरभित्रै उत्पादित सागसब्जी अत्यन्तै स्वास्थ्य सावधानी अपनाएर कृषक समूह तथा कृषक सहकारीमार्फत विक्री वितरण गर्न थालिएको पनि बताए ।

सम्बन्धित खवर

%d bloggers like this: