नेपालमा एकै दिन थप १४ जनामा कोरोना संक्रमण, उदयपुरमा १२ र चितवनमा २ गरीरहेकाे पुष्टि - Sainokhabar

नेपालमा एकै दिन थप १४ जनामा कोरोना संक्रमण, उदयपुरमा १२ र चितवनमा २ गरीरहेकाे पुष्टि

काठमाडौँ  । नेपालमा आज एकैदिनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको मस्जिदमा लुकेर बस्ने १२ जना भारतीय र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १२ जना लुकेर बसेका थिए । स्वाब परीक्षण गर्दा उनीहरुमध्ये १२ जनाको कोरोना पोजेटिभ पाइएको हो । उनीहरु मस्जिदमा लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीसहितको टोलीले मंगलबार स्वाब संकलन गरेको थियो । उनीहरुको स्वाबको परीक्षण कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको थियो ।

शुक्रबार नै चितवनमा २ जना कोरोना संक्रमित थपिएका छन् । चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् । उनीहरु बेलायतबाट आएका थिए । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ३० पुगेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: