प्रदेश १ को कोरोना रिपोर्टः ६४ जना डिस्चार्ज - Sainokhabar

प्रदेश १ को कोरोना रिपोर्टः ६४ जना डिस्चार्ज

साइनो समाचारदाता

विराटनगर । प्रदेश नम्बर १ मा क्वारेन्टाइन बसेको मध्ये ६२ जना र आइसोलेशनमा बसेको २ जना शुक्रबार डिस्चार्ज भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोरोना सूचना डेस्कका अनुसार डिस्चार्ज भएको मध्ये १४ महिला र ५० पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक, महिला र एक पुरुष डिस्चार्ज भएका छन् । शुक्रबारसम्म आइसोलेसनमा जम्मा १० जना बसिरहेका छन् । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्रबारसम्म कूल ५ सय ९५ जना छ । ४ हजार १९ जना क्वारेन्टाइनमा बसेका मध्ये महिला ६ सय ८१ र पुरुष ३ हजार ३ सय ३८ जना छन् ।

शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो । जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा २ सय ९५ जनाको नमूना नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । शुक्रबारसम्ममा द्रुत परीक्षण विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट १ हजार ९२ जनाको नमूना परीक्षण भएको छ । सो परीक्षण मध्ये दुई जनाको रिर्पोट पोजेटिभ देखिएको थियो । परीक्षण गर्दा बुढीगंगा गाउँपालिका मोरङमी एकजना युवती र झापा हल्दीबारीका एक युवाको र्यापिड टेस्टमा पोजेटिभ देखिएको हो । र्यापिड टेस्टबाट शुक्रबारसम्म जम्मा १ हजार ९० जनाको रिर्पोट नेगेटिभ आएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: