पोजेटिभ देखिएकी बुढिगंगा मोरङकी महिलामा कोरोना देखिएन - Sainokhabar

पोजेटिभ देखिएकी बुढिगंगा मोरङकी महिलामा कोरोना देखिएन

साइनो समाचारदाता

विराटनगर । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा पोजेटिभ देखिएकी एक महिलाको कोशी अस्पताल विराटनगरमा आरटि पीसीआर परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको छ ।

भारतको बैङ्लोरबाट एक महिना अगाडि घर आएकी मोरङको बुढिगंगा गाउँपालिका १ की ती महिलाको नमुना परीक्षण गर्दा कोरोना नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ । होम क्वारेन्टाइनमा बसेकी उनको हिजो आरडिटी गर्दा पोजेटिभ देखिएको थियो । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिब भरतमणि रिजालले भारतको बैङ्लोरबाट १० चैतमा नेपाल फर्किएकी २७ वर्षीया महिलाको बिहीबार आरडिटी गर्दा पोजेटिभ देखिएपछि कोशीकै आइसोलेसनमा भर्ना गरिएको थियो । उनी अध्ययनको लागि भारतको बैंगलोरमा बस्दै आएकी उनी कोरोनाको जोखिम बढेपछि सरकारले लकडाउन घोषणा गरेकै दिन घर चैत ११ गते फर्केकी थिइन् ।

प्रदेश १ मा यसअघि बुधबार झापाको हल्दिबारीका युवकको आरडिटी परीक्षणमा पोजेटिभ देखिएको थियो । बिहीबार उनको स्वाव कोशी अस्पतालमा पिसिआर प्रबिधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: