प्रिय नरसिङ्गा - Sainokhabar

प्रिय नरसिङ्गा

√चलन कन्दङ्वा

शैशवावस्थामा पारी गाउँमा तिमी बज्दा
आज कसैको बिहे रहेछ भनेर थाहा हुन्थियो
तिमी बज्दा गाउँमा शुभ सुब्री फाब्यको अनुभूत हुन्थियो
तिमीसगै नौमती र पन्चे बाजा बज्दा
जन्ती रत्यौली र लोकन्दीको ताती चल्थियो
खुसी हर्सोल्लास उमङगको सारथी तिमी
गाउँको सन्सारी र चण्डी पुजामा तिमी बज्दा
त्यो साल गाउँमा अन्न र सहकाल भित्रिन्थ्यो

परम्परागत ज्ञान सीप र संस्कृतिको पर्याय तिमी
म कसरी गाउँ तिम्रो त्यो अपरम्पार महिमा
म कसरी व्यक्त गरौ तिम्रो गुणको बखान
तर आज कता हरायौ कता गयौंँ
कुन संग्रहालयको कुनामा कैदी भयौंँ
अहिलेको आधुनिक पुस्ताले किन चिन्दैन तिमीलाई
किन तिम्रो शब्द कोषमा खिया लाग्यो
काहा गयो तिम्रो सूचना शब्दको प्रबिधि
अजिङ्गरले मृगको पाठो निलेसरी केले निल्यो तिमीलाई
यस्तै अनुत्तरित प्रस्नहरुले हरदम सताई रहन्छ्न
मेरो मानसपटलमा घुमिरहन्छ्न घच्घच्याईरहन्छ्न
अब सपनामा मात्र तिमी सीमित भयौं
म तिम्रै प्रतीक्षामा रुमल्लिरहेछु

चुहानडाडा, तेह्रथुम

सम्बन्धित खवर