कैलालीका १५ मजदुर घर जान नपाएर मोरङमा अलपत्र - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

कैलालीका १५ मजदुर घर जान नपाएर मोरङमा अलपत्र

गोपाल काफ्ले पथरी/ मोरङको पथरीशनिश्चरेका ५ वटा वडा कार्यालयको भवन बनाउन आएका निर्माण मजदुरहरु अलपत्र परेका छन् । पथरी शनिश्चरे २ नं. वडा कार्यालयको भवन निर्माणको काममा खटिएका १४ जना मजदुरहरु अहिले न त घर जान पाएका छन् न त काम गरि खान पाएका छन ।


वडाको भवन निर्माणको जिम्मा पाएको पश्चिम कैलालीको पर्शुराम निर्माण सेवाका १४ जना मजदुर अलपत्र परेका छन । एक्कासी लकडाउन भएकाले मजदुरहरु २२ दिन देखि तिरपाल मुनी दिन रात काट्न बाध्य छन । ५ वटा वडा भवना बनाउनका लागि कैलालीबाट आएका मजदुर लकडाउनले घर जान पाएका छैन्न ।
घर परिवार छोडेर पैसा कमाउन आएका हरिराम कुस्मी, बहादुर डगौरा, जित बहादुर डगौरा सहित १५ जना लकडाउनले अलपत्र परेको बिलौना गर्छन् । उनिहरु निरन्तर १६ वर्षदेखि पर्शुराम निर्माण सेवामा नै काम गर्दै आएको उनिहरुको भनाई छ ।

३ साता देखि सुतो खायो बसो भएको पैसा सकियो घर जान पाएको छैन काम पनि छैन परिवारको विजोक भएको हरिराम कुस्मीले बताए । लकडाउन भए देखि दिउसो काम पाए खानाको लागि विना पैसा काम गर्दै आएको उनिहरुको भनाई छ ।

अहिले वडाको भवन बनाउने भन्दा पनि पेट पाल्न वर्तिर पर्तिरको मकै गोड्ने, दाल उखल्ने, आलु खन्ने लगाएतका काम गरिरहेको ठेकेदार कुमार थापाले बताए । ‘‘गोजीमा पैसा छैन बैंकहरु पनि खुल्ला छैन्न लकडाउनले गर्दा अहिले कतैबाट पनि केही ल्याउने र कही जाने अवस्था छैन थापाले भने ‘‘यही वरीपरी छिमेकीसंग चामल, दाल, गुन्द्रुक मागेर काम चलाउदै छौँ । आखिर नेपालीले पाउने हो राहत, यहाँ काम गर्ने मजदुरलाई पनि त वडाले भोकै राख्नु त हुदैन थियो ।’’

मजदुरहरु काम गर्दा गर्दै एक्कासी लकडाउन भयो बस्ने र खानेको प्रबन्ध गर्न पाएन्न वडा भवन बनाउन आएका काम नभए पछि गाँउमा मैकै गोडदै जे दियो त्यहि खाने गरेको स्थानिय बताउछन ।

कैललालीको पर्शुराम निर्माण सेवाले वडा नं. २, ३, ७, ८ र ९ को वडा कार्यालय भवन बनाउने जिम्मा पाएको छ । यस बाहेक बाटो ग्रभेलको काम पनि रहेकाले पर्शुराम निर्माण सेवाले सबै कामदार कैलालीबाटै ल्याउने गरेको छ ।

सम्बन्धित खवर