अनुगम समितिले सुगा बजारमा ताला लगायो - Sainokhabar

अनुगम समितिले सुगा बजारमा ताला लगायो

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे ५ स्थित सुगा बजारको एउटा किराना पसलमा बढी मुल्यमा सामान बेच्ने गरेको पाइएपछि पसलमा विहीबार ताला लगाइएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अनुवाईको अनुगमन् समिति, इलाका प्रहरी कार्यालय, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित टोलीले आज त्यहाँ छड्के अनुगमन्का क्रममा सन्तोष पोद्धारको पसलमा कालोबजारी भएको पाएको हो । चिन्तामणि गौतमले सञ्चालन गरेको सो पसलबाट चिनी प्रति किलोग्राम ९० रुपैयाँमा विक्री वितरण भएको भेटिएपछि टोलीले पसलमा ताला लगाएको अनुगमन् संयोजक यमुना विष्ट वास्तोलाले जनाए । पसल सञ्चालकलाई बढी मुल्यमा सामान नबेच्न चेतावनी दिँदै नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ । अनुगमन् टोलीले अत्यावश्यकीय खाद्यान्नहरुमा मुल्य बृद्धि नगर्न अनुरोध गर्दै लगातार बजार अनुगमन् गरिरहेको छ । यस क्रममा पथरी, शनिश्चरे र हसन्दह क्षेत्रमा लकडाउनको अनुगमन् गर्दै घर बाहिर ननिस्किन अनुरोध गरिएको छ । खुलेका केही चिया पसल तथा होटल बन्द गराइएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: