प्रदेश १ को कोरोना रिपोर्टः ८ सय २५ जनाको द्रुत परीक्षण, सबै नेगेटिभ - Sainokhabar

प्रदेश १ को कोरोना रिपोर्टः ८ सय २५ जनाको द्रुत परीक्षण, सबै नेगेटिभ

साइनो समाचारदाता

 

विराटनगर । द्रुत परीक्षण विधि (आरडीटी) बाट जम्मा ८ सय २६ जनाको कोरोना परीक्षण गरिएको छ ।

 

विहीबार प्रदेश नम्बर १ गरिएको परीक्षण मध्ये ८ सय २५ जनाकै रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ । ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट बुधबारसम्म जम्मा ३ सय ४१ जनाको नमुना परीक्षण भएकोमध्ये ६५ महिला र २ सय ७६ पुरुष छन । परीक्षण नतिजा ४९ महिला र २ सय ४३ महिलाको रिर्पोट नेगेटिभ छ । पीसीआर विधिबाट नमूना परीक्षण गरिएका मध्ये ५८ जनाको रिर्पोट आउन बाँकी छ । कार्यालयका कानुन सचिब भरतमणी रिजालका अनुसार दुबै विधिबाट आएको परीक्षणहरुको नतिजामा कोरोना रोगको संक्रमण देखिएको छैन ।

पोजिटिभ देखिएको युबाको नेगेटिभ रिपोर्ट

 

आरडीटीमा पोजेटिभ देखिएको हल्दीबारी गाउँपालिका झापाका एक युवाको कोशी अस्पताल विराटनगरमा आरसि पिसिआर (स्वाब परीक्षण)बाट नेगेटिभ देखिएको छ ।

 

क्वारेन्टाइनमा ५ सय ६८ र इसोलेसनमा ८ जना

प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या बिहीबारसम्म कूल ५ सय ६८ जना छ । ती मध्ये ४ महिला र ४६ पुरुष डिस्चार्ज ६८ महिला र ५ सय पुरुष क्वारेन्टाइनमा बसिरहेका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन् ।

 

सम्बन्धित खवर