कोरोना अपडेटः ५ लाख ११ हजार संक्रमित निको - Sainokhabar

कोरोना अपडेटः ५ लाख ११ हजार संक्रमित निको

साइनो समाचारदाता

 

काठमाडौं । विश्वभरमा कोरोना संक्रमित मध्ये ५ लाख ११ हजार १९ निको भएका छन् । निको हुनेमा चीन, जर्मनी र स्पेनका संक्रमित बढी छन्। चिनमा ७८ हजार ३ सय ११ र जर्मनीमा ७२ हजार ६ सय र स्पेनमा ७० हजार ८ सय ५३ जना निको भइसकेका छन् ।

संक्रमितको संख्या

यसैबीच कोरोना संक्रमितको संख्या २० लाख ५६ हजार ५५ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी ६ लाख ३६ हजार ३ सय ५० जनालाई संक्रमण पुष्टि भइकेको छ। त्यस्तै, स्पेनमा १ लाख ७७ हजार ६ सय ४४, इटालीमा १ लाख ६५ हजार १ सय ५५, जर्मनीमा १ लाख ३४ हजार ७ सय ५३, फ्रान्समा १ लाख ३४ ५ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मृतकको संख्या

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल १ लाख ३४ हजार १ सय ७८ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी अमेरिकामा २४ हजार ४ सय २९ जनाको मृत्यु भइसकेको छ। इटालीमा २१ हजार ६ सय ४५, स्पेनमा १८ हजार ८ सय १२, फ्रान्समा १७ हजार १ सय ६७, बेलायतमा १२ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित खवर

%d bloggers like this: