नगरको कोषमा २१ लाख १३ हजार बढी - Sainokhabar

नगरको कोषमा २१ लाख १३ हजार बढी

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति राहत कोषमा हालसम्म २१ लाख १३ हजार ३ सय २७ रुपैयाँ जम्मा भएको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म २१ लाख १३ हजार ३ सय २७ रुपैयाँ जम्मा भएको हो । जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण कार्य भइरहेको समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताउनु भयो । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइएको छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

दाताहरुको नामावली
१, दीपक वस्नेत, (पथरी शनिश्चरे, १) १ लाख १ हजार
२, लर्डबुद्ध सहकारी (प श, २ ) २० हजार १
३, महिला जातृति सामुदायिक वन (प श, ९) १५ हजार
४, सागर तुम्वापो (प श ३, हाल इजरायल) १५ हजार
५, रोशन खरेल (प श, ९) १० हजार
६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९) ३ हजार
७, मनकामना सहकारी संस्था लि. (प श, १) २१ हजार
८, काँशीराज राई ( प श, ७ वडा सदस्य ) १० हजार
९, अनोज घिमिरे ( प श, १० वडा सदस्य ) १० हजार
१०, हरिराज प्याकुरेल ( प श, १) ५ हजार १ सय
११, उत्साही साना किसान सहकारी संस्था (प श)
( कृषि विकास बैंकमार्फत) २५ हजार
१२, शनिश्चरे वचत सहकारी ( प श) १५ हजार
१३, रञ्जित मगर, अमृता मगर ( प श, ९) ३ हजार
१४, तलेजु वचत तथा ऋण सहकारी ( प श, ९) १० हजार
१५, प्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श) ५ लाख ५४ हजार १ सय ११
१६, राधाकृष्ण मन्दिर व्यवस्थापन समिति ( प श, ९) १६ हजार ५
१७, एनप्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श ) ४० हजार
१८, गृहलक्ष्मी सहकारी ( प श, ९) ३ हजार
१९, तिलक लिम्बू ( प श, ३ ) ५ हजार
२०, डा. सुनीलकुमार शर्मा ( नोबेल अस्पताल विराटनगर समेतबाट) ९ लाख ८६ हजार
२१, कुमारी राई ( प श, १) २० हजार
२२, कमानसिंह राई ( प श, १) २० हजार
२३, नमूना मण्डली (प श) २० हजार
२४, पर्शुराम न्यौपाने ( प श, २ वडा सदस्य) १० हजार १०
२५, अशोककुमार वस्नेत ( प श, ९, हाल नलवपरासी जिल्ला न्यायाधिस)
१५ हजार
२६, पथरी इसाई समाज (प श) ३६ हजार २ सय
२७, सामुदायिक सिकाइ केन्द्र ( प श ३) ५ हजार
२८, सहारा नेपाल ५० हजार
२९, नेपाल कम्यूनिष्ट पार्टी ( प श २ नम्वर वडा कमिटी ) २५ हजार
३०, यामप्रसाद गुरागाईं ( प श २ वडाध्यक्ष) १० हजार
३१, अरुणा राई ( प श २ वडा सदस्य) १० हजार
३२, अग्नी गुरुङ ( प श २ वडा सदस्य) १० हजार
३३, सीता भुसाल ( प श २ वडा सदस्य) १० हजार
३४, बालकृष्ण बुढाथोकी ( प श २) ५ हजार

सम्बन्धित खवर