रेमिट्यान्स र कोभिड-१९ महामारी - Sainokhabar

रेमिट्यान्स र कोभिड-१९ महामारी

√हितराम तिलिङ
कुनै पनि देशको नागरिकले अन्य देशमा गएर शारिरिक वा मानसिक श्रम गरी कमाएको पैसा वा मालसामान आफ्नो देशमा पठाउनुलाई रेमिट्यान्स भनिन्छ । हाल आएर पैसा वा मालसामानलाई मात्र होइन विदेशमा बसेर सिकेका सीप, कलालाइ पनि रेमिट्यान्स मान्नुपर्ने अर्थशास्त्रीहरूको तर्क छ। किनकि उसले विदेशमा सिकेका सीपले स्वदेशमा उत्पादन र विकासमा ठूलो मदत पुर्याउँछ । वस्तु तथा सेवा उत्पादन गर्न नसक्ने, जनसङ्ख्या मात्र उत्पादन गर्ने हाम्रो मुलुक रेमिट्यान्सले अर्थतन्त्र धानेको छ।
रेमिट्यान्स राष्ट्रका लागि कतिको फाइदा ?
रेमिट्यान्स छोटो समय अवधिका लागि मात्र राष्ट्रका लागि फाइदा देखिन्छ। दीर्घकालीन रेमिट्यान्सले देश निमिट्यान्न पार्न सक्छ। वैदेशिक श्रम गर्नु भनेको बोनी जानू जस्तै हो । पूँजीवादी राष्ट्रले अलिकतप भएपनि श्रम शोषण गरेका हुन्छन् । त्यसैगरी रेमिट्यान्स सङ्गै माहामारी निम्त्याउन सक्ने रोग देशभित्र भित्र्याउनु अर्को बेफाइदा हो । त्यसैले रेमिट्यान्सले देशको अर्थतन्त्र धान्नुका साथै ध्वस्त पनि पार्न सक्छ । हाल कोभिड-१९ महामारीले विश्व त्रसित र आतङ्कित बनेको छ। विश्वमा छरिएर रहेका नेपाली स्वदेश फर्कन चाहन्छन् । उनीहरूको गुन सरकारले एउटा महामारीमै बिर्सन हुँदैन । विदेशबाट उनीहरू आफ्नो घर आउँदैमा कोरोनाको कोसेली उपहार बोकेर आउने पनि हाेइनन् ।
कुन कुन देशले स्वदेश फर्कन जारी गरे ?
अस्ट्रेलियाले मात्र होइन, संसारका केहीबाहेक सबै मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् र फर्किन रोकेका छैनन् । सरकार तयार रहन पर्छ, भोलि कुनै देशले आफ्ना नागरिक फिर्ता लैजाउ नभन्ला भन्न सकिन्न । तर, आफ्ना नागरिक जो बाध्यताले परदेशमा परिश्रम गरिरहेका छन्, तर यो महामारीले गर्दा कम्पनी बन्द वा बेतलबी वा कम्पनीले घर जान सक्छौ भन्दा पनि आफ्नै देशको सरकार आफ्ना नागरिकलाई स्वदेश फर्किन रोकिरहेको छ । यो कस्तो विडम्बना हो । नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई उद्दार गर्न जरुरी छ ।
कसरी व्यवस्थापन गर्ने?
१४ दिन क्वारेन्टाइनमा राख्ने, सरकारका सबै नियम पालना गर्न लगाउने, क्वारेन्टाइनमा बस्ने ठाउँको व्यवस्था गर्ने, सरकारी तथा निजी कलेज तथा स्कूलहरू, बन्द रहेका होटल तथा गेस्ट हाउसहरू, निजी अस्पतालहरू सरकारले अहिले प्रयोगमा ल्याउने, विदेशबाट फर्कने ९० प्रतिशत मानिस आफ्नो घरमा सेल्फ/होम क्वारेन्टाइनमा बसाउने, कोरोनाको लक्षण देखिएकालाई सरकारले सेना या प्रहरीको गाडीमा क्वारेन्टाइन बस्ने ठाउँ सम्म पुर्याइदिने, मोबाइल एप्सबाट उनीहरूलाई दैनिक आफ्नो स्वास्थ्य अवस्थाबारे अपडेट गराउने आदि ।
आखिर किन गर्ने त ? 
उनीहरूले पठाएको रेमिट्यान्सले विगतमा मुलुकको अर्थतन्त्र धानेको गुन सरकारले एउटा महामारीमै बिर्सन हुँदैन । नेपाल सरकारका मन्त्री, कर्मचारी, सेना तथा प्रहरीहरूले लिने तलब सुविधामा विदेशमा रातदिन नभनी पसिना बगाउने उनै नेपाली नागरिकको रेमिट्यान्सको योगदानलाई देशलाई जस्तै लकडाउन गर्न नैतिकताले दिँदैन । विदेशबाट उनीहरू आफ्नो घर आउँदैमा कोरोनाको कोशेली उपहार बोकेर आउने पनि हैनन् । बिचार चोगे सरकार !

(लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: