प्रदेश १ को कोरोनाको रिपोर्टः ८ सय २१ जनाकै रिपोर्ट नेगेटिभ(पूर्ण विवरणसहित) - Sainokhabar

प्रदेश १ को कोरोनाको रिपोर्टः ८ सय २१ जनाकै रिपोर्ट नेगेटिभ(पूर्ण विवरणसहित)

राजेश राजबंशी

विराटनगर । प्रदेश १ मा बुधबारसम्म ८ सय २१ जनाको कोरोना भाइरसको परीक्षण भएको छ । आरडिटी र पिसिआर दुबै बिधिबाट गरिएको परीक्षणको रिपोर्ट सबै नेगेटिभ आएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन सचिब भरतमणि रिजाल जनाए ।

बुधबारसम्म ५ सय ५५ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । पिसिआरतर्फ नमुना संकलन गरिएका १८ जनाको रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ । आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमुना परीक्षण गरिएको, पीसीआर विधिबाट जम्मा २ सय ८४ जनाको नमूना परीक्षण गरिएको छ । पीसीआर विधिमध्ये ५० महिला र २ सय ३४ पुरुष छन् । जसमध्ये ४२ महिला र २ सय २४ पुरुष गरी २ सय ६६ को रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा पिसिआर प्रबिधिबाट कोरोनाको परीक्षण भइहरेको छ । गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनमा पनि आद्रुत गतिमा आरडिटी बिधिबाट परीक्षण भइरहेको छ । होम क्वारेन्टाइनमा ६ सय २७ महिला र ३ हजार ९२ पुरुष गरी जम्मा जम्मा ३ हजार ७ सय १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आजसम्म कूल ५ सय ६५ जना छ । जसमा ६२ महिला र ५ सय ३ जना पुरुष छन् । तीमध्ये २५ जना डिस्चार्ज भएका छन् । आइसोलेसन बेडमा भने १० जना छन् ।

सम्बन्धित खवर

%d bloggers like this: