प्रदेश १ को मन्त्रिपरिषद्को बैठकः जनसुरक्षा कोषमा १५ करोड बजेट थप गर्ने निर्णय - Sainokhabar

प्रदेश १ को मन्त्रिपरिषद्को बैठकः जनसुरक्षा कोषमा १५ करोड बजेट थप गर्ने निर्णय

साइनो समाचारदाता

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद्को बैठक बुधबार (आज) बेलुकी ५ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा बसेको छ ।

बैठकले कोरोना जनसुरक्षा कोषमा १५ करोड बजेट थप गर्ने निर्णय गर्ने, पाँचौं प्रदेश सभाको अधिवेशन अन्त्य गर्नेलगायत निर्णय गरेको छ । यसअघिको मन्त्रिपरिषद्को बैठकले छुट्याइएको १० करोड बजेट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलगायतमा सकिएकाले थप १५ करोड थप्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । मन्त्री कार्कीले आज मध्यरातीदेखि प्रदेश सभाको पाँचौं अधिवेशन समापन गर्नको लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय पनि बैठकले गरेको छ । चैत पहिलो हप्तादेखि स्थगित गरेका थियौं ।

बैठकले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक तर्जुमा गर्न बनेको अवधारणा पत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ भने कोरोना प्रभावित तथा पहिचान तथा राहत वितरण सम्बन्धी निर्देशक २०७६ भनेर जारी गर्ने निर्णय पनि बैठकले गरेको छ । मेची पहाडी पर्यटन क्षेत्र प्रबद्र्धन समितिमा नेतृत्वविहीन भएको भन्दै त्यस कार्यालय संचालनका लागि चाहिने आवश्यक काम गर्ने, क्यान्सरका विरामीद्धय सोलुखुम्बु जिल्लाको खम्बुपासाङ गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पालाई ५ लाख र विराटनगरका पत्रकार कमल पौडेललाई ३ लाख सहयोग गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

सम्बन्धित खवर

%d bloggers like this: