कालाेवजारी गर्ने पसलमा ताला - Sainokhabar

कालाेवजारी गर्ने पसलमा ताला

साइनो समाचारदाता

पथरी । १ सय १० वजार मूल्य रहेको मुसुरीको दाल १ सय ४० रुपैया र ४० वजार मूल्य रहेको सुजी ४५ रुपैया विक्री गरि कालोवजारी गरेको भन्दै पथरीशनिश्चरे नगरपालिकाको अनुगमन टोलीले पथरी शनिश्चरे २ प्रगति टोलमा रहेको एक किराना पसलमा ताला लगाएको छ ।

वुधवार पथरी शनिश्चरे नगरकी उपप्रमुख यमुना विष्ट वास्तोलासहितको अनुगमन टोलीले वजार मूल्य भन्दा बढी रकममा सामाग्री विक्री गरेको भन्दै चिन्तामणी गौतमले सञ्चालन गरेको पसलमा ताला लगाएको हो । सो अनुगमन टोलीमा इलाका प्रहरी कार्यालय, पथरी उद्योग वाणिज्य संघ तथा राजनीतिक दलका प्रतिनिधि सम्मिलित रहेका थिए । पसल सञ्चालकलाई बढी मूल्यमा सामान नबेच्न चेतावनी दिँदै नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: