तुलाे : एक परम्परागत मापन यन्त्र - Sainokhabar

तुलाे : एक परम्परागत मापन यन्त्र

√सन्तोष कुरुम्बाङ
सर्वप्रथम त नयाँ बर्ष २०७७ को सम्पूर्ण देश विदेशमा रहनु हुने नेपाली समुदायमा सु-स्वास्थ दिर्घायूको कामना गर्दछु । अहिले विश्व नै कोरोना भाइरसको महामारीबाट जुझिरहेको यो घडीमा सबैलाई सुरक्षित रहन, स्वस्थ्य रहन पनि कामना गर्दछु ।
यतिबेला कोरोना भाइरसको महामारीका कारण विश्वका विभिन्न मुलुकहरू लक डाउन (बन्दाबन्दी) को अवस्थामा छन् । घर भित्रै बसेर यो महामारीबाट लड्नु पर्ने अवस्थामा हामीहरूलाई शारीरिक र मानसिक रूपमा असर हुन सक्छ । त्यसैलाई सायद कम गर्न र ज्ञान र जानकारीहरू आफूले जानेकाहरू कयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरू माझ पुर्याउनका लागि आत्मीय मित्र अमित थेबेमार्फत् सञ्चालित ज्ञान यात्रा अभियानमा मेरो पनि सानो सभागिता जनाउन चाहन्छु ।
म गाउँ घरमा बस्दा जाने बुझेकै एउटा विषयवस्तुको उठान गर्न चाहन्छु । हामीले कुनै वस्तुको तौल मापन गर्नु पर्दा अहिले को चलन चल्तिमा किलोग्राम (के.जी.) को प्रयोग गर्दछौँ तर किलोग्रामको प्रचलन सुरु हुनु भन्दा पहिला वस्तुको तौल मापन गर्नका लागि तुलोको प्रयोग गर्ने चलन थियो । अहिले पनि यदाकदा तुलोको प्रयोग छँदै छ । आज म क्रमश: लोप हुँदै जाने क्रममा रहेको यस मापन साधनका बारेमा केही जानकारीहरू प्रस्तुत गर्न चाहन्छु । जसले हाम्रा पूर्खाहरूले कसरी वस्तुको तौल मापन गर्ने गर्दा थिए भन्ने कुराको सामान्य जानकारी लिन सकिएला । त्यसैगरी पुराना कागजहरूमा तौलको कुरा लेखिएमा यसै विधिमार्फत लेखिएको देखिन्छ जस कारण यस्ता पुराना लेखहरू बुझ्न पनि केही सहयोग पुग्ला कि ?
तुलोबाट कसरी मापन गरिन्थ्यो । अहिले हामी १००० ग्राम को १ के.जी. भन्छौँ । सजिलो छ सायद अहिलेको मापन विधि तर तुलोमा त्यस्तो हुन्न थियो । तुलोका केही मापक अंकहरू यहाँ प्रस्तुत गर्दछु ।
१) ६० गण्डे तुलो :
पुरानो एक प्रकारको ६० ओटा सिक्कालाई आधार मानेर बनाइएको तुलो लाई ६० गन्डे तुलो भन्ने चलन रहेछ ।
२) ५६ गण्डे तुलो :
६० गण्डे तुलोलाई नै केही परिमार्जित गरेर बनाइएको तुलोलाई ५६ गण्डे तुलो भन्ने चलन रहेछ ।
तुलोका मापन एकाईहरू :
तुलोकाे मापन एकाईहरू यहाँ १७ ओटा प्रस्तुत गरिएको छ । यहाँ ठूलोदेखि क्रमश: सानो एकाईमा प्रस्तुत गरिएको छ । बुझ्नका लागि सबै एकाईहरुलाई किलोग्राम मा प्रस्तुत गर्दा सजिलो हुने थियो होला तर त्यसो गर्न सम्भव भएको छैन ।
१) दुई धार्नी (अहिले के.जी. मा भन्दा ५ के. जी.)
२) एक धार्नी (अहिले के.जी. मा भन्दा २.५ के. जी.)
३) ७ सेर
४) हमाली
५) ५ सेर
६) ९ बोडी
७) विसाैली (एक धार्नी को आधा)
८) १८ पल
९) १५ पल
१०) १२ पल
११) १० पल
१२) ८ पल (विसाैली को आधा )
१३) ६ पल
१४) ५ पल
१५) ४ पल
१६) ३ पल
१७) बोडी
१८) धर्म तुलो (यो अन्तिम रेखा हो जहाँ तुलो बराबर हुन्छ या शून्य एकाईमा रहन्छ )
धन्यवाद ।
फेदाप सिम्ले (तेह्रथुम)

(फेदाप समाजका संस्थापक सचिवसमेत रहेका कुरुम्वाङले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: