फेरि वैशाख १५ गतेसम्म बढ्यो लकडाउन - Sainokhabar

फेरि वैशाख १५ गतेसम्म बढ्यो लकडाउन

साइनो समाचारदाता

काठमाडौं । तीन सातादेखि जारी लकडाउन फेरि बढेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । यस अघि तेस्रो पटक थपेको लकडाउनको समय भोलि बुधबार सकिदैछ ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको भिडियो कन्फ्रेन्समा पनि मुख्यमन्त्रीहरुले लकडाउन बढाउन सुझाव दिएका थिए ।

सम्बन्धित खवर