भुटानी शरणार्थीलाई राहत - Sainokhabar

भुटानी शरणार्थीलाई राहत

साइनो समाचारदाता

पथरी । सरकारले गरेको ‘लकडाउन’का कारण खाद्यान्न समस्यामा परेका पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरका १ सय घर परिवारलाई शैक्षिक अभियान समूहले खाद्यान्न राहत वितरण गरेको छ ।

चामल, तेल, नुन, सावुन, सोयाविन र मास्क वितरण गरिएको हो । अभियानका अभियान्ता मैया राई ले आफ्ना स्वर्गीय वुवा ठङ्गा वहादुर राईको स्मृतिमा १ लाख १५ हजार नगर अभियान समूहलाई उपलव्ध गराएपछि राहत वितरण गरेको अभियानका संयोजक प्रदिप कुमार राईले जानकारी दिए । शैक्षिक अभियान समूहले शरणार्थी शिविरका सचिव चम्पासिंह राईको समन्वयमा शिविर भित्रका अपाङ्ग, असक्त, एकल सदस्यहरु,आइओमएमबाट विदेश नगएका परिवारको तथ्याङ्ग संकलन गरेर राहत वितरण गरेको हो । राहत वितरण कार्य विभिन्न पालिकाहरुले गरिरहेको वेला पथरीशनिश्चरे १० मा वसोवास गरिरहेको भुटानी शरणार्थीलाई भने कसैले राहत पुर्याएको थिएन। राहत नपाएका उनीहरु ‘लकडाउन’कै कारण श्रम गर्न नपाउदा समस्यामा परेका थिए । शैक्षिक अभियान समूहले पथरी शनिश्चरे भित्रका विभिन्न विद्यालयमा शैक्षिक विकासका लागिी विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खवर