आज धिमाल राजारानी मेला लागेन - Sainokhabar

आज धिमाल राजारानी मेला लागेन

साइनो समाचारदाता

पथरी । मोरङको लेटाङमा आज अर्थात् बैशाख २ गते निरन्तर लाग्दै आएको धिमाल राजारानी मेला यस पटक कोरोना भाईरसका कारण नलाग्ने भएको छ ।

धिमाल जातीय विकास केन्द्रले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै मेला नलाग्ने तर सिमित मानिसको उपस्थितिमा पुजा गरिने जनाएको छ । धिमाल जातीय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्धारा हस्ताक्षरित विज्ञप्तीमा महामारी नफैलियोस, रोगव्याधी नलागोस, समय मै बर्षात होस, बालिनाली राम्रो होस, जंगली जनावरबाट बच्न प्रकृतिको पुजा गर्ने गरिएको उल्लेख छ । त्यस्तै विज्ञप्ती मार्फत सरकारले जारी गरेको लकडाउनलाई पालना गर्न समेत सबैलाई आग्रह गरिएको छ । अन्य गाउँटोमा के कसरी जाने भन्ने विषयमा सम्बन्धित संस्था र पधादिकारी बिच फोन वार्ताबाट अघि बढ्ने केन्द्रीय अध्यक्ष तेज बहादुर धिमालले जानकारी दिए ।

सम्बन्धित खवर

%d bloggers like this: