लकडाउन प्रभावः प्रदेश नम्बर १ मा लाग्ने सबै मेलाहरु नलाग्ने - Sainokhabar

लकडाउन प्रभावः प्रदेश नम्बर १ मा लाग्ने सबै मेलाहरु नलाग्ने

फोटो फाइलः सुनबर्षी मेला ।

फिपराज बेघा

पथरी । नयाँ वर्षको अवसर पारेर प्रदेश नम्बर १ मा लाग्ने मेलाहरु यसपटक नलाग्ने भएको छ । कोरोना भाइरसको सक्रमणले गर्दा सरकारले लकडाउनको घोषणा गरेकाले प्रदेशभर लाग्ने मेला रोकिएको हो ।

फोटो फाइलः काँटा मेला ।

सुनवर्षी महाराज मन्दिर पोखरी देवस्थल संरक्षण समिति रतुवामाई नगरपालिका ५ मोरङ्गले २०७८ सालको नयाँ वर्षको पुजा एबम् मेला महोत्वसबको प्रतिक्षरत रहन अनुरोध गरेको छ । समितिको अध्यक्ष अतलकुमार बुढाथोकीले मेला स्थगितको कारणले सुनवर्षी महाराजप्रति आस्था राख्ने सम्पूर्ण भक्तजनहरु नैरास्यताप्रति दुःख प्रकट गरको छ । सुनवर्षी मेला २० वर्षदेखि लगातार प्रत्येक बैशाख १ गते लाग्दै आएको थियो । सुनवर्षी पोखरी तथा मन्दिरमा पुजाआजा गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहेको छ । सन्तान प्राप्ती र सन्तान सुखका लागि धेरैले पोखरीमा कागजबाट बनाइएको घोडा चडाउने गरेका छन् । लेखक इन्द्रसिंह राजवंशीका अनुसार पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गन्गाई, चौधरीलगायतका आदिवासी समुदायले महान पर्व सिरुवा धुमधामले मनाउने गर्छन् ।

वैशाख १ गतेबाट कोच समुदायको सिरुवा पर्व सुरु हुने र १५ दिनसम्म मोरङ्ग र सुनसरीका विभिन्न स्थानमा मेला लाग्ने गर्दथ्यो । मोरङ्गकै सुनवर्षी नगरपालिका लाग्ने काँटा मेला, कोरोनाको संक्रमण हुन नदिन अर्को आदेश नभएसम्म निषेध गरिएको नगरप्रमुख कालीप्रसाद दाशले जनाए । बैशाख २ गते काँटा मेला लाग्दै आएको थियो । धिमाल समुदायको मौलिक पर्व सिरजात तथा जातृको अवसरमा लाग्ने मेला यसपाली नलाग्ने धिमाल जातीय विकास केन्द्रका महासचिब केदार धिमालले बताए । सधै भोलि बैशाख २ गते लेटाङ्गको राजारानीमा मेला लाग्ने चलन थियो । । मोरङ्गमा वैशाख ३ गते घुरघुरा, ४ गते दलेली, पटियापरा, चिसाङ्गलगायत मेला लाग्ने गर्दथ्यो । पथरी शनिश्चरेमा गत चैत २० गते लाग्ने भोटेघुम्तीमा मेला पनि लागेन ।

शुक्रबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन प्रभावकारी बनाउँन हाटबजार, मेला र जमघट बन्द गराउँनेलगायतको निर्णय पनि गरेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: