संक्रमितको संख्या १३ पुग्यो कैलालीमा ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि, - Sainokhabar

संक्रमितको संख्या १३ पुग्यो कैलालीमा ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि,

कैलाली / कैलालीमा ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना संक्रमण भएको परीक्षणमा पुष्टि भएको हो ।

वीरगञ्ज नाकामा चिया बेच्ने गरेकी उनलाई कोरो संक्रमण पुष्टि भएको जानकारी आइसकेको बताइएको छ । लम्किचुहा नगरपालिका बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलामा संक्रमण देखिएको हो । क्वारेन्टाइनमा बसेकाहरूको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइएको थियो ।

तर पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको हो ।अहिले सक्रमितलाइ सेती प्रादेशिक अस्पताल लगिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १३ पुगेको छ ।१३ जनामध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी १२ जनाको उपचार भइरहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: