प्रदेश २ सरकारले संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गर्ने - Sainokhabar

प्रदेश २ सरकारले संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गर्ने

तस्वीरः मुख्यमन्त्री संचार सचिवालय प्रदेश नं. २

साइनो समाचारदाता

जनकपुरधाम । पहिलो पटक प्रदेश २ मा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको संक्रमण देखिएको ठाउँलाई पूर्णरुपमा लकडाउन गरिने बताएका छन् । गृहमन्त्रीसहित सरोकारवालासँग कुराकानी भएको बताउँदै उनले पूर्ण रुपले लकडाउन गरेर संक्रमितको उपचारको व्यवस्था मिलाउन लागिपरेको बताए ।

संक्रमत देखिएका भारतीय तीनै जना लकडाउन अघि नै भारतबाट आएको जानकारी आफूले पाएको मुख्यमन्त्री राउतले जनाए । मुख्यमन्त्री राउतले संघीय सरकारले कोरोना परीक्षण गर्ने एउटा मेसिन पठाए पनि प्रदेशमा कोरोना परीक्षण सुस्त गतिमा भएको विषयमा भने आफ्नो समस्या सुनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साको वीरगन्जस्थित छपकैयाको मस्जिदमा बसेका तीन जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको हो। मस्जिदमा रहेका २१ जना मध्ये वर्ष ३७, ५५ र ४४ का पुरूषहरूको कोभिड १९ को संक्रमण देखिएको थियो । उनीहरुसँगै कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ। यसअघि काठमाडौं, बाग्लुङ, कैलाली र कञ्चनपुरका ९ जनामा कोरोनाको संक्रमण देखिएको थियो। तीमध्ये १ जना उपचारपछि निको भएर घर गएका छन् ।

सम्बन्धित खवर