पथरी शनिश्चरे प्रत्येक दिन तीन घण्टा खुल्ने - Sainokhabar

पथरी शनिश्चरे प्रत्येक दिन तीन घण्टा खुल्ने

साइनो समाचारदाता

पथरी । कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समिति पथरी शनिश्चरेले भोलिदेखि लागू हुने गरी नगरक्षेत्र विहान तीन घण्टा खुलाउने निर्णय गरेको छ ।

चैत २९ गते बसेको बैठकले अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउँदै भोलि देखि बिहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यकीय खाद्यान्न, तरकारी तथा मासु जन्य पसल खुला गर्ने निर्णय गरेको समितिका सदस्य दिपक बस्नेतले जानकारी दिए । उपभोक्ताले सोे समयमा बालबालिका र ज्येष्ठ नागरिक बाहेकका १ जना सदस्यले सामान लिन जानुपर्ने, पसले र ग्राहकबीच कम्तीमा पनि डेढ मिटरको दुरी कायम गर्नु पर्ने, क्रेता, विक्रेताले अनिवार्यरुपमा मास्क लाउनुपर्ने, पसलमा व्यवस्था गरिएको साबुन पानीले हात धोएर र सेनिटराइज प्रयोग गरेर मात्र सामान किनबेच गर्नुपर्ने नियम बनाइएको छ । किनमेलको लागि कुनै पनि सबारी साधन प्रयोगमा रोक लगाइएको बस्नेतले बताए ।

सम्बन्धित खवर