पथरीशनिश्चरेमा राहत वितरणमा बिभेद, सुत्केरी, अशक्त र विपन्न निराश, वडाध्यक्षको कर्तुत बाहिर आउदै - Sainokhabar

पथरीशनिश्चरेमा राहत वितरणमा बिभेद, सुत्केरी, अशक्त र विपन्न निराश, वडाध्यक्षको कर्तुत बाहिर आउदै

साइनो समचारदाता पथरी/ राहत बितरणमा अनियमितता भए पछि पथरीशनिश्चरे वडा नं. ४ मा वडाध्यक्ष गोबिन्द भण्डारीको चर्को आलोचना भएको छ । अध्यक्ष र केहि वडा सदस्यहरले मनोमानी, आफ्ना मान्छेहरुलाई राहत दिए पछि बिबाद उत्पन्न भएको थियो ।

२४ गते पथरीशनिश्चरे ४ ले स्थानिय जनकल्याण स्कुलमा राहत वितरण गरेको थियो । राहत वितरणमा ब्रिटिस लाहुरेको परिवारलाई र सवल परिवारलाई राहत दिएको तर कम्जोर अवस्था भएका, एकल वृद्ध तथा शारिरिक अशक्त महिला, सुत्केरीलाई नदिएको भन्दै बिबाद बनेको थियो ।
राहत वितरणमा आर्थिक अवस्था कम्जोर भएकी २ महिने सुत्केरी, वृद्ध आमा लायत स्थानिय ज्यालादारी मजदुरहरुलाई राहत नपाएको स्थानिय बताउछन ।
राहत नदिएको भन्दै स्थानिय युवाहरुले मदिरा सेवन गरि अवरोध पुर्याए भन्दै ५ जना युवालाई वडाध्यक्ष गोबिन्द भण्डारीले प्रहरी लगाएर एक रात थुनाएका थिए ।
पथरीशनिश्चरे ४ का नवराज तामाङ्ग, पुर्ण वहादुर राई, घनश्याम राई, टिकाराम थापा र धनवहादुर थापाले ८६ वर्षिय वृद्धा गोमादेवि थापा र एक सुत्केरीका लागि राहात पहल गरेको स्थानिय बताउछन ।


लकडाउनको समयले गर्दा मापसे गरि अवरोध गरेको भन्दै पथरी इलाका प्रहरी कार्यलयले एक रात थुनामा राखि भोलि पल्ट मंगलवार विहान पथरीशनिश्चरे नगरका प्रमुख दिलिप कुमार राई, नेकपा पथरीशनिश्चरे इन्चार्ज दिननाथ तिम्सिनाको रोहवारमा वडाध्यक्षलाई जिम्मा लगाएको थियो ।
राहतमा निष्पक्ष नभएकाले युवाहरुले सहि आवाज उठाउदा वडाध्यक्षले प्रहरी लगाएको स्थानियको भनाई छ ।
मंगलवार विहान इलाका प्रहरी कार्यालयमा थुनामा परेका नवराज तामाङ भन्दै थिए “राहात लिन गएको म अहिले सम्म भोकै छु ,राहात त के पाइयो र वरु उल्टै एक रात प्रहरी खोरमा वस्नु प¥यो ” । उनी मात्र हैन पथरीशनिश्चरे ४ का पुर्ण वहादुर राई, घनश्याम राई, टिकाराम थापा र धनवहादुर थापाको पनि पिडा उस्तै छ ।
पथरीशनिस्चरे ४ मा अति बिपन्न आर्थिक अवस्था कम्जोर भएकाले राहत नपाएको समचार संचार माध्यममा आए पछि पथरीशनिश्चरे नगरकी उपप्रमुख यमुना बिष्ट बास्तोलाले एक सुत्केरी महिलाको घरमै पुरेर राहत बितरण गर्नु भयो । वडा नं. १ को सहयोगमा संचारकर्मी आफैले एकल असक्त वृद्ध महिलाको घरमा राहत पुर्याएका थिए । त्यस्तै पथरीशनिश्चरेका बिपिन गुरुङले समेत वडा नं. ४ की एक वृद्ध आमालाई राहत पुर्याएका थिए ।
त्यस्तै वडाले राहत बितरण एकद्धार प्रणाली भने पनि बिभेद गरेकाले स्थानिय युवाहरुले बुधबार ८ बिपन्न परिवालाई आफै राहत बितरण गरेका छन । पथरीशनिश्चरे ४ का राम प्रसाद निरौला, बिनोद माझी, निर्मल कट्वाल, सन्तोष आचर्य, उमेश कुमार कार्की, भरत बिष्ट, सुबोध गुप्ता, अङ्गुरा कार्की, चन्द दासहरुले ८ बिपन्न परिवारलाई राहत बितरण गरेका थिए ।
सरकारी निकायबाट बाडिएको राहत बिपन्न परिवारले नपाएको भन्ने समचार आएपछि स्थानीय युवाहरू मिलेर १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नुन ,२ वटा साबुन प्रती परिवारलाइ बाढेका थिए । नगरको राहत बिपन्न परिवारहरुका लागि हैन रहेछ अब हामी त्यस्ता परिवारलाई खोजी खोजी राहत बाट्ने छौ स्थानीय एक युवा राम प्रसाद निरौलाले बताए । उनले भने “एक पिडित परिवारले २ दिन देखि खाना सम्म नखाएको अवस्था रहेको बताए ।
वडामा भएको राहत भण्डारन गरेर राख्नु, विपन्न परिवारले राहत नपाउनु, अन्य वडा र नगर र ब्यक्तीबाट राहत घर घरमा पुर्याउनु, स्थानियले राहत संकलन गरेर बाड्नु र राहत वितरणमा राहत उब्रिनुले प्रष्ट हुन्छ की वडामा राहत बितरणमा अनियमितता भएको भन्ने ।
वडाध्यक्षले राहतमा बिभेद गरेको र स्थानिय युवाहरुलाई प्रहरी खोरमा पुर्याएको भन्दै उनका कर्तुतहरु खोल्न थालेका छन ।
आफुले भनेका मान्छे उपभोक्ता समितिमा नराखेको भनेर अध्यक्षले विकाश निर्माणको कामको सिफारिस नै नदिएको पाइएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा नगरको योजनामा ‘‘वडा नम्बर ४ को साकेला थान सिरिसे डाडा’’ शीर्षकमा विनियोजन भएको रकमबाट योजना संचालन भएको थियो । सो योजनाको उपभोक्ता समितिमा आफुलाई थाहा नदिएको, आफुले भनेको मान्छे नराखेको भनेर अध्यक्ष भण्डारीले ८ दिन सम्म झुलाएर अन्त्यमा सिफारिस नै नदिएको उपभोक्ता समितिका अध्यक्ष उमेश कुमार राईले बताए ।
नगरको ४ लाख ७ हजारको योजना इन्जिनियरको मपदण्ड अनुसार काम पुरा हुदा सम्म ८ दिन झुलाएका अध्यक्षले बताए । पछि नगरपालिकामा मेयरले आफैले काम हेरि स्वकृती गरि दिनु भएको बताउनु भयो ।
यस्तै दुःख दिएको मुनाल राईको पनि गुनासो छ । सरस्वती मार्गका लागि प्रदेसबाट ४५ लाख रुपैयाको योजना परेको थियो । बाटो ग्राभेल गर्नका लागि परेको सो योजनाको उपभोक्ता समिति गठनका बेला अध्यक्ष भण्डारीले आफ्नो निकटका राज कुमार विश्वकर्मालाई राख्ने प्रस्ताव गरेको र सो प्रस्ताव नमान्दा सिफरिस गर्ने नमाने राईले बताए . समिति गठन गर्दा अध्यक्षले भाँडे पछि फेरी मेयरसंग सल्लाह गरेर अर्को दिन समिति गठन गरेको राइको भनाई छ ।
एउटा ५० हजारको योजना मिलाई दिए बापत वडाध्यक्ष भण्डारी निकट राजुमार विश्वकर्माले योजना मिलाई दिए बापत वडाध्यक्षलाई कमिसन दिनु पर्ने भन्दै मागेको निमार्ण ब्बयावसायी खण्ड बहादुर कुलुङले बताए ।
वडा अध्यक्षलाई सो विषयमा बुझ्न खोज्दा अध्यक्ष भण्डारी हतार हतार कुनै उतर नै नदिइ बाटो लागे । राहत बाँढ्ने कुरामा पनि मनोमानी गरेको भनेर स्थानीय भन्दै गर्दा भण्डारी बिना उतर बाटो लागेका थिए ।
जस्ले गर्दा वडा नं. ४ मा वडाध्यक्ष भण्डारीले मनोमानी ठंगले वडा संचालन गर्दै आएको देखिन्छ । सरकारीकाममा वडाबासीलाई सास्ती दिनेर र बिकाश निमार्णमा कमिसनको खेल हुन्छकी भन्ने शंका उब्जीएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: