प्रदेश सरकारले हाटबजार मेला र जमघट बन्द गर्ने - Sainokhabar

प्रदेश सरकारले हाटबजार मेला र जमघट बन्द गर्ने

साइनो समाचारदाता

विराटनगर । प्रदेश सरकारले हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउँने निर्णय गरेको हो । सो कामका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धि सुरक्षा योजना र जिम्मेवारी तोकेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले जिल्ला तहका क्वारेन्टाइनको जिम्मेवारी नेपाली सेनालार्इ दिने व्यवस्था मिलाउने, लकडाउनलाई कडाइका साथ कार्यान्वयन गराउने, हाटबजार, मेला र जमघट बन्द गराउँने, राहत वितरण प्रभावकारी बनाउने, कोरोना जनसुरक्षा कोषबाट पालिकाहरुलाई उपलब्ध गराउनु पर्ने रकमबारे सिफारिस गर्नुपर्ने लगायतका जिम्मेवारी दिएको हो । कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि डा.शंकर अधिकारीको संयोजकत्वमा ७ सदस्यीय मेडिकल एक्सपर्ट ग्रुप समेत गठन गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: