वित्तीय संस्थामा भिडभाड नगर्नुहोस्ः नगरपालिका - Sainokhabar

वित्तीय संस्थामा भिडभाड नगर्नुहोस्ः नगरपालिका

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरभित्र भिडभाड नगरी सामाजिक दुरी कायम गरेर निश्चित समय तोकी अति आवश्यक पर्ने बैंक तथा वित्तिय कारोबार गर्न अनुरोध गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा छड्के अनुगमन्मा गएको टोलीले वडा नम्वर १ स्थित जीवन विकास संस्था र सहारा नेपालको कार्यालयमा पुगेर अनुगमन गरेको छ । त्यहाँ मास्क र ग्लोब लगाएर कम्तीमा पनि डेढ मिटरको सामाजिक दुरी कामय गरेर मात्र साताको केही दिन केही घण्टा कार्यालय खुलाएर अति आवश्यकीय वित्तीय कारोबार गर्न सुझाव दिइएको समिति संयोजक वास्तोलाले जनाइन् । ती दुई संस्थामा भीडभाड भएपछि टोलीले त्यसखाले सुझाव दिनु परेको उनले उल्लेख गरिन् ।

टोलीले, पथरी नगर अस्पतालमा जान समस्या भएकी एक गर्भवती महिलालाई अस्पतालमा पुर्याउन सहयोग गरी अस्पतालको स्वास्थ्य गतिविधि पनि अवलोकन गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: