३ हजार २ सय ९५ जना होम क्वारेन्टाइनमा - Sainokhabar

३ हजार २ सय ९५ जना होम क्वारेन्टाइनमा

साइनो समाचारदाता

विराटनगर । प्रदेश नम्बर १ मा ३ हजार २ सय ९५ जना होम क्वारेन्टाइनमा बस्नु भएको मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

शुक्रबार साँझ ३ मिनेट ५४ सेकेन्ड भिडियो सन्देशमा उनले सो कुराको जानकारी गराएका हुन् । २ सय ६१ ठाउँमा ४ हजार १ सय ९८ वटा क्वारेन्टाइन बेड बनेको ती क्वारेन्टाइनमा ६ सय ८ जना बस्नु भएको उनको भनाई थियो । कोरोना विरुद्धको लडाइमा रहेको बताउँदै मुख्यमन्त्री राईले आज सम्म १ सय ८० जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएकोमा १ सय ५२ जनाको रिपोर्ट नेगेटिप देखिएको बताए । उपलब्ध अत्यावश्यक सामाग्रीहरु सबै ठाउँमा पठाइएको बताउँदै उनले ४८ स्थानमा ८ सय ३२ आइसोलेसन बेड बनेको, ४४ बेड संख्याको आइसीयू तयार भएको जानकारी गराए ।

प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा कुल १२ करोड ८७ लाख ६६ हजार ६ सय ५३ रुपैयाँ जम्मा भएको पनि जानकारी गराए । कोरोना विशेष ताजा अपडेट दिदै मुख्यमन्त्री शेरधन राईले कोशी अस्पताल विराटनगरबाट न्युनतम दिनमा ९६ जनाको परीक्षण गर्ने ल्याब सञ्चालनमा आएको बताएका छन् । उनले भने, ‘कोशी अस्पताल विराटनगरबाट कम्तीमा कोशीमा दिनमा ९६ जनामा परीक्षण गर्ने ल्याब सञ्चालनमा आएकाले तीब्र गतीमा स्वाब परीक्षण गरिनेछ ।’ धरानबाट भने दिनमा १२ जनाको दरले स्वाब टेष्ट भइरहेको छ । कोरोनालाई पराजीत गर्न तीब्र गतिमा हुने ल्याप परीक्षण कार्य महत्वपूर्ण हुने उनले ठानेका छन् ।

सम्बन्धित खवर