क्वारेन्टाइनबाट ९ जना घर फर्किए - Sainokhabar

क्वारेन्टाइनबाट ९ जना घर फर्किए

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका १० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जनालाई कोरोना भाइरसको कुनै संक्रमण नदेखिएपछि आज घर पठाइएको छ ।

मिक्लाजुङस्थित टाँडीको क्वारेन्टाइनमा राखिएका १० मध्ये ९ जनालाई घर फिर्ता गरिएको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले जनाए । ९ जनालाई पछिल्लो समयमा विदेशबाट आएका ती युवाहरुलाई क्वारेन्टाइनबाट जिम्मा लिएर नगर प्रमुख राईले ल्याएका हुन् । हालसम्म कुनै स्वास्थ्य समस्या नदेखिएका १ जनाको भनें स्वास्थ्य परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: