वैशाख र जेठमा तय भएको परीक्षा स्थगित (सूचनासहित) - Sainokhabar

वैशाख र जेठमा तय भएको परीक्षा स्थगित (सूचनासहित)

साइनो समाचारदाता

काठमाडौं । विषम परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठमा तय भएको परीक्षा कार्यक्रम स्थगित गरेको छ ।

त्रिविको केन्द्रिय परीक्षा सञ्चालक समितिको बुधबार बसेको बैठकले वैशाख र जेठमा संचालन गरिने परीक्षा स्थगति गरेको हो । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खवर