आजदेखि विराटनगरबाट कोरोना परीक्षण - Sainokhabar

आजदेखि विराटनगरबाट कोरोना परीक्षण

साइनो समाचारदाता

विराटगनर । प्रेदश नम्बर १ को स्थायी राजधानी विराटनरमा रहेको कोशी अस्पतालमा कोरोना भाइरस परीक्षण हुने भएको छ । कोरोनाको परीक्षण आजबाट सुरु हुने भएको छ ।

अस्पतालको कोरोना विशेष उपचार युनिटका लागि नयाँ भिसिआर मेसिन आएपछि आजबाट परीक्षण गर्ने तयारी भएको हो । काठमाण्डौबाट बिहीबार उपकरण, किट र स्वीस सरकारबाट सहयोगमा प्राप्त भएको, ५० थान पिपिई प्रदेशमा आइपुगेको र कोशी अस्पतालमा शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । नयाँ भिसिआर मेसिनले दैनिक ९६ वटा परीक्षण गर्न सक्छ । मेसिनसँगै ६ सय वटा परीक्षण किट पनि ल्याइएको छ । नयाँ मेसिन स्थापना र परीक्षणका क्रममा ५० वटाजति खर्च हुने र बाँकी ५ सय ५० वटा किटले तत्काल परीक्षणको काम अघि बढाउन सकिने बताइएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: