🔳 आदिबासीवाद र महामारी - Sainokhabar

🔳 आदिबासीवाद र महामारी

√टंक वनेम

विश्वकै प्रख्यात विश्लेषक, आधुनिक भाषा संज्ञानका पिता शेक्सपियर र बाईबल पछिका चर्चित लेखक दार्शनिक तथा समाज बदल्न सक्रिय सामाजिक अभियन्ता अमेरिकी विद्वान नोअम चोम्स्कीले “अबको मानव समुदायलाई आदिवासीले मात्र बचाउन सक्छन”भन्नुको अर्थ यहीँ होला ।

अर्थात् “बुद्धं शरणं गच्छामी (बुद्ध भनेको जानिफकार मानिस हो । अथवा,जानिफकारको कुरा सिकेर चल्छु) धम्मं शरणं गच्छामी (धम्मं भनेको प्रकृतिको नियम हो । अर्थात्, प्रकृतिको नियम अनुसार चल्छु । सिजन अनुसार खेतीपाती गर्छु । सिजन अनुसारको फलफूल र तरकारी खान्छु । राति सुत्छु,दिउँसो काम गर्छु) ।”

बुद्धले भने जस्तै गरिएको भए अर्थात् प्रकृतिको नियम मानेर प्रकृतिको विनाश नगरिएको भए कोरोना भाइरसको महामारी पनि चल्दैनथ्यो कि ? जे होस,संसारमा कोरोना भाइरसको हाहाकार छ । जहाँ भए पनि सुरक्षित रहनु होला । खेतीपाती गर्नु होला । केही समय प्रकृतिसँग रमाउनु होला ।

आइन्स्टाइनले बुझेको ब्रह्माण्ड या प्रकृतिको अद्भूत शक्तिमा कुनै फेरबदल हुने प्रक्रियालाई रोक्ने प्रयास गर्नु होला । येबा, साम्बा, फेदाङमा, नाक्छोङ, लामा, झाँक्री र मष्टा गुरुहरुले त यो कुरा उहिल्यै बुझि सकेका थिए र नै प्रकृति (पञ्चतत्व) को शक्तिलाई गुरु मानेका थिए । अर्थात् माटोलाई पनि एक शक्तिको रुपमा मान्दै आएका थिए । कोरोना भाइरस पनि हावाकै माध्यम लिएर ताण्डव तृत्य नाची रहेछ । त्यसै उनीहरुले आकाश जोगाऔँ,पताल जोगाऔँ,हावा जोगाऔँ, आगो जोगाऔँ,पानी जोगाऔँ भनेर/मानेर गुरु जगाएका होइनन् रहेछ ।

धन्यवाद ।

मैवाखोला ढुङ्गे साँघु, ताप्लेजुङ
हाल बरमिङ्घम, यूके

(लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर