वडा अध्यक्ष भण्डारीको बद्नीयत, एकल महिलालाई समेत दिएनन् राहत - Sainokhabar

वडा अध्यक्ष भण्डारीको बद्नीयत, एकल महिलालाई समेत दिएनन् राहत

पथरी

वडा अध्यक्षको बद्नीयतका कारण एकल महिलाले समेत राहत नपाएको गुनासो आएको छ । मोरङको पथरी शनिश्चरे ४ का वडा अध्यक्ष गोविन्द बहादुर भण्डारीले एकल वृद्धालाई राहत नदिएका हुन् ।

वडामा सरकारी जागिर भएका, विदेशमा परिवारको सदस्य भएका, सामाजिक सुरक्षा भत्ता बुझ्दै गरेकाहरुलाई राहत नदिने हुइप जारी गरिएको थियो । वडामा राहत वितरण गर्नका लागि ४ वटा केन्द्रमा विभाजन गरिएको थियो । जनकल्याण आधारभूत विद्यालयमा राहतका लागि ३ बजेतिर सामाग्री झरेको स्थानीयहरुले बताए । राहत वितरणका क्रममा स्थानीय ६८ वर्षीय वृद्धा गोमादेवी थापाले आफुलाई पनि राहत दिन अनुरोध गर्दा भत्ता पाउनेलाई नदिने भनेर पठाएको बताउनुभयो । घरमा केही पनि नभएकी एकल महिलाको बाँसघारी छेउमा झुप्रो घर रहेको छ । ‘खानेकुरा केही छैन् बरु मेरो भत्ता आएपछि उतै काटिदिनु, म बुढाबुढी मान्छे टाढा गएर किन्न पनि सक्दिन यहिँको चामल दिनु भनेको राहत बाँढ्नेहरुले पाउदिनौँ तिमिले भनेर हप्काए’ थापाले भन्नुभयो ‘घरमा एक्लै छु । छोराबुहारी कोही छैन् । खाने चामल पनि छैन् । भत्ता पाउने अरुले ता लगेत अनि मैले चाहिँ किन नपाउने ?’

सोही राहत वितरणका क्रममा थापालाई पनि राहत दिनुपर्छ भन्दा अध्यक्ष भण्डारीले इलाकामा लगेर एकरात थुनाएको स्थानीय घनश्याम राईले बताए । ‘हामीले राहत हामिलाई देउ भनेको पनि हैन् । ति थापा आमै जस्को कोही छैन् त्यस्तालाई दिनुपर्छ नभए यहाँबाट राहत उठाउन नदिने भन्दा पुलि बोलाएर इलाका लगियो ।’ राइले बने ‘कसैले नराम्रो बोलेको पनि थिएन । हाम्रो माग गरिब जनतालाई राहत दिनुपर्छ भन्दा अध्यक्षले दादागिरी देखाउनु भयो ।’

रहेको राहत सामग्री सोही विद्यालयमा राख्ने भनेर स्थानीयहरुले कागजमा सहिछाप गरिसकेको थियो । एकछिनमा वडा अध्यक्ष आएर सबै राहत वडा नै लानुपर्छ भनेपछि स्थानीयले हामी वडामा लान दिदैनौँ यहि राख्नु पर्छ भन्दा अध्यक्षले प्रहरी बोलाएको प्रत्यक्षदर्शी गोमा काकीले बताइन् । कार्कीले भनिन् ‘हुनेखानेले पाउने हो की गरिब मजदुरहरुले पाउने हो ? यहाँ त डेढ दुई विगाहा जग्गा हुनेले पनि राहत लगे । कसैले मोटरसाइकलमा, कसैले के मा सबै अध्यक्षको आसेपासे हुनपर्ने राहत पाउनलाई कि खै के हो ।’

अध्यक्षसंगको पुरानो रिसिइबी साँध्नका लागि युवाहरुलाई इलाका पठाएको स्थानीयले आरोप लगाएका छन् । मौका कुरेर बसेका अध्यक्षले राहत वितरणमा युवासंघका युवाहरुले अवरोध गरे भनेर आरोप लगाएर चौकी पठाएका हुन् । भण्डारीले राहतको जिम्मा वडा सदस्यहरुलाई दिएको भनेर जिम्मेवारीबाट पन्छिने गरेका छन् । फोनमा भण्डारीलाई सम्पर्क गर्दा आफु व्यस्त भएकाले १,२ दिन पछि मात्रै कुरा गर्ने बताए ।

सम्बन्धित खवर

%d bloggers like this: