नगरको राहत कोषमा शर्माको ९ लाख ८६ हजार सहयोग - Sainokhabar

नगरको राहत कोषमा शर्माको ९ लाख ८६ हजार सहयोग

साइनो समाचारदाता

पथरी । मोरङ विराटनगरस्थित नोबेल अस्पतालका सञ्चालक सुनीलकुमार शर्माले पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोषका लागि ९ लाख ८६ हजार रुपैयाँ विहीबार सहयोग प्रदान गरेका छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शर्माले बेलबारीमा आयोजित कार्यक्रममा हिजो प्रदान भएको १ लाख ११ हजार सहित पथरीशनिश्चरेका नगर प्रमुख दिलीपकुमार राईलाई कुल ९ लाख ८६ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । यसैबीच, एनप्याब्सनमा नगरमा आवद्ध संस्थागत विद्यालयहरुबाट ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण भएको छ । एनप्याब्सनका सचिव सरोज तिम्सिनाले पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समितिका सदस्य दीपक वस्नेतलाई रकम हस्तान्तरण गरे । समितिको कोषमा हालसम्म १८ लाख ६७ हजार १ सय १७ रुपैयाँ जम्मा भएको छ ।

 

 

 

सम्बन्धित खवर