ज्ञान आदानप्रदान प्रक्रिया - Sainokhabar

ज्ञान आदानप्रदान प्रक्रिया

√कुमार लिङदेन मिराक

  • हाम्रै नेपालको सबैभन्दा ठूलो कमजोरी नै ज्ञान, अनुभवहरू पछिल्लो पुस्तालाई हस्तान्तरण नगर्नु हाे । तर, यस कुरामा इजरायलीहरू धेरै अघि छन् । आर्थिक विकास भनेको ठूलो प्राेजेक्ट हाे, याे एकै हप्ता या महिनामा सफल हुने हाेइन ।

आज भोलि ज्ञान पुस्ता हस्तान्तरण वा ज्ञान बाँड्ने कुरा बारे निकै बहस हुँदै छ । यो राम्रो कुरा हो ।

यो ज्ञान बाँड्ने कुरालाई राज्यबाटै मुख्य कार्यक्रमका रूपमा अघि बढाउनु पर्छ भनेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गत चुनावको आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ ।

🔸 घाेषणा-पत्रकाे पृष्ठ नम्बर ३७ र ३८ बाट

६७. ज्ञान, अनुभव बाँड्ने अभियान (knowledge sharing process) :

आफूभन्दा अघिल्लो पुस्ताले गरेको विकास निर्माणका प्रयासहरू उद्योगधन्दा खाेल्न वा व्यक्तिगत रूपमा अाफूले केही गर्ने गरेका प्रयासहरूबारे पछिल्लो पुस्तालाई ज्ञान र अनुभव बाँड्ने अभियान चाल्नुपर्छ । सरकारले नीति न‌ै बनाएर रेडियो, टीभी, एफ्.एम्., पत्रपत्रिकाहरूले नियमित रूपमा अघिल्लो पुस्ताकाे ज्ञान, अनुभव बाँड्ने कार्यक्रम राख्नु पर्छ । हाम्रै नेपालको सबैभन्दा ठूलो कमजोरी नै ज्ञान, अनुभवहरू पछिल्लो पुस्तालाई हस्तान्तरण नगर्नु हाे । तर, यस कुरामा इजरायलीहरू धेरै अघि छन् । आर्थिक विकास भनेको ठूलो प्राेजेक्ट हाे, याे एकै हप्ता या महिनामा सफल हुने हाेइन । यसका लागि विगत, वर्तमान र भविष्यकाे राम्रो अध्ययन विश्लेषण गर्न सक्नु पर्छ । मिडियाहरूले अनुभव बाँड्न बाेलाउँदा जहिले पनि सफल व्यक्तिहरूलाई मात्र बाेलाउँछन् । तर, असफल व्यक्तिहरूलाई झन् धेरै बाेलाउनु पर्छ । किनकि, किन असफल भए भन्ने सूत्र उनीहरूबाट बुझ्न सकिन्छ । असफल हुनुको कारण बुझेपछि सफलतामा पुग्न सजिलाे हुन्छ ।

(सङ्घीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान मञ्चका अध्यक्ष समेत रहेका लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् ।ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर