फाल्गुनन्द जन्यन्तीसहित ४ पर्वका दिन प्रदेशभर विदा हुने (हेर्नुहोस् सार्वजनिक विदाहरु) - Sainokhabar

फाल्गुनन्द जन्यन्तीसहित ४ पर्वका दिन प्रदेशभर विदा हुने (हेर्नुहोस् सार्वजनिक विदाहरु)

साइनो समाचारदाता

विराटनगर । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश क्यारेन्डर स्वीकृत गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली संयोजक भएको समितिले दिएको सार्वजनिक विदासम्बन्धी प्रतिवेदन संशोधन सहित स्वीकृत गरेको हो ।

नेपाल सरकारले निर्धारण गरेको विदाबाहेक प्रदेशले ६ दिनको विदा थपेर क्यालेण्डर स्वीकृत गरेको हो । आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार २०७७ सालमा सिरुवा पर्व, छठ पर्र्व, माघे सक्रान्ति, फाल्गुनन्द जन्यन्ती, कृष्ण अस्टमी र द्धादशीका दिन विदा हुनेछ । छठ पर्व, माघे संक्रान्ति, फाल्गुनन्द जयन्ती र द्वादशीका दिन अब प्रदेश भर सार्वजनिक विदा हुनेछ । सिरुवा पव र कृष्ण जन्मअष्टमीमा रथ यात्राको दिन झापा, मोरंग, सुनसरी र उदयपुरलाई विदा दिइनेछ ।

सम्बन्धित खवर