ज्यान गुमाउनेका परिवारलाई ५० लाख - Sainokhabar

ज्यान गुमाउनेका परिवारलाई ५० लाख

साइनो समाचारदाता

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा खटिँदा ज्यान गुमाए, मृतकको परिवारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यकर्मीसहित कर्मचारीका परिवारलाई प्रदेश १ सरकारले ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कोरोना उपचारमा खटिनेहरुको सुरक्षाको प्रत्याभूति गर्न यस्तो निर्णय गरिएको बताए । बैठकले प्रदेश क्यारेन्डर स्वीकृत गर्दै २०७७ सालमा दिइने विदाहरु स्वीकृत गरेको छ ।

प्रदेश १ मा संक्रमण देखिएको छैन

प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन। हालसम्म प्रदेशका ९० जनाको स्वाब संकलन भएको छ भने ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको, ९ जना आइसोलेसनमा रहेको, ६ सय १३ जना क्वारेन्टाइनमा रहेको र २ हजार ८ सय ८५ जना होम क्वारेन्टाइनमा रहेको छ ।

सम्बन्धित खवर