राहात माग्न जानेकाे प्रहरी खाेरमा वास - Sainokhabar

राहात माग्न जानेकाे प्रहरी खाेरमा वास

पथरी
पथरीशनिश्चरे ४ का नवराज तामाङ्ग मंगलवार विहान इलाका प्रहरी कार्यालयमा भन्दै थिए राहात लिन गएको म अहिले सम्म भोकै छु ,राहात त के पाइयो र वरु उल्टै एक रात प्रहरी खोरमा वस्नु प¥यो । उनी मात्र हैन पथरीशनिश्चरे ४ कै पुर्ण वहादुर राई,घनश्याम राई,टिकाराम थापा र धनवहादुर थापाले राहात वडन अवरोध गरेको वडाअध्यक्षको उजुरी पछि इलाका प्रहरी कार्यालय पथरीमा रात काट्नु प¥यो ।

नवराज श्रमीक हुन् । घर वनाउने काम गर्ने तामाङ्गको नाम राहात पाउनु पर्ने लिष्टमा नभएपछि उनी राहात दिलाइदिन आग्रह गर्दै स्थानिय जनकल्याण स्कुलमा पुगेका थिए । सोमवार वडा कार्यालयले उपलव्ध गराएको राहात वाडिएपछि केहि राहातका पोका वाकि भएको थियो ।

सोहि राहातलाई स्थानिय जो व्याक्तीले राहात पाउनु पर्ने हो तर नपाएका भए वितरण गर्न पुर्ण वहादुर राई लगायतका युवाले आग्रह गरे । ।राहात नसकिएकाले त्यहा भएको राहात अन्य तिर लग्नु भन्दा त्यहा रहेकालाई वाडन केहि युवाले आग्रह गरे । तर वडाअध्यक्ष गोविन्द वहादुर भण्डारीले वाकी रहेको राहातको जिम्मा आफ्नो भएको र त्यो नवाडने अड्डिलिए ।

घटना त्यतीमै सकिएन वडा अध्यक्ष भण्डारीले प्रहरी वोलाए अनि ५जनालाई प्रहरीले नियन्त्रणमा लियो । राहात वितरणमा सहयोग गर्न गएका र राहात पाइन्छ कि भन्ने आशले पुगेका ५ जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखीयो । साझ तिर प्रहरी नियन्त्रणमा लिइएका ५ जनालाई राती १० वजे इलाका प्रहरी कार्यालयमा ल्याइयो ‘राती भोकै वसियो विहान मात्र चिया पाइयो’तामाङ्गले भने ‘राहात नै माग्न गएको हु अपराधी जस्तै व्यावहार अध्यक्षले गर्नु भयो’।

पिडीत भएका पुर्णवहादुर राईले भने वडा अध्यक्षले मनोमानी रुपमा राहात वाडेको र श्रम गरि खानेलाई पनि राहात वडानु पर्ने माग राख्दै गर्दा प्रहरी वोलाएर थुनाएको वताए । ‘खै के कारण वहाले यस्तो गर्नु भयो त्यो वारेमा वडा अध्यक्षले जवाफ दिनु पर्छ ’।

इलाका प्रहरी कार्यालयमा मंगलवार विहान पथरीशनिश्चरे नगरका प्रमुख दिलिप कुमार राई,नेकपा पथरीशनिश्चरे इन्चार्ज दिननाथ तिम्सिना लगायत पुगेर पक्राउ गरिएका युवालाई रोहवारमा छुटाइएको छ । वडा अध्यक्ष भण्डारीले ति युवालाई वुझेका थिए ।
प्रहरी लगाएर युवा पक्राउ गराइएपछि वडामा वडा अध्यक्ष भण्डारीको चर्काे विरोघ भएको थियो । भण्डारीले भने मादक पदार्थ सेवन गरेर आएका युवाले राहात कार्य भाडन खोजेकाले प्रहरीको जिम्मा लगाएको वताएका छन् ।

सम्बन्धित खवर