१ करोड ३६ लाख ७५ हजार जम्मा - Sainokhabar

१ करोड ३६ लाख ७५ हजार जम्मा

साइनो समाचारदाता

जनकपुरधाम । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म १ करोड ३६ लाख ७५ हजार रकम जम्मा भएको छ ।

एनसिसी बैंकको विरगंज स्थित प्रादेशिक कार्यालय र जनकपुर स्थित कार्यालयका प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । राहत कोषमा एनसीसी बैंकले ५ लाख, लक्ष्मी बैंकले १० लाख, नेपाली काँग्रेसले ४० लाख ७५ हजार, सिभिल बैंक,मेगाा बैंक, माछा पुच्छे बैंक, नेपाल बैंक, कृषि विकास बैंकले ५ लाख। ५ लाख, गण्डकी विकास बैंकले ४ लाख, कुमारी बैंकल १० लाख, सिटिजन्स बैंकले ७ लाख, सिद्धार्थ बैंकले १० लाख रकम जम्मा भएको हो । प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपिल समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: