'ज्ञान-यात्रा'-१६: अनुसन्धानकाे एक विधि - Sainokhabar

‘ज्ञान-यात्रा’-१६: अनुसन्धानकाे एक विधि

सुबास तेयुङ् याक्थुम्बा

⭕️ FGD : अनुसन्धानकाे एक विधि

✳️ खोज अनुसन्धानका विभिन्न पद्धतिहरुमध्ये ‘फोकस समूह छलफल’ (Focul Group Discussion, FGD) एक हो ।

✳️ अनुसन्धान विसयको समुदाय तह सम्मका अस्पस्ष्टताहरु, समस्याहरु, नयाँ तथा पुराना खोजहरु, अनुभवहरु, विचार तथा विश्लेषणहरुको तथ्याङ्क उद्देश्यमूलक सहभागीहरु (Purposive Participants) बाट लिनको निम्ति फोकस समूह छलफल सम्पन्न गर्ने गरिन्छ ।

✳️ यो मिश्रित पद्धति (Mixed Method)को गुणात्मक अध्ययन (Qualitative Research) को लागि धेरै उपलब्धिमूलक हुन्छ ।

💠 कसरी FGD सम्पन्न गर्ने?

1. खोज बिसयको विशेष अध्ययन सम्बन्धी भरसक समान ज्ञान भएका (उमेर, विचार राख्न सक्ने क्षमता भएका आदिलाइ ध्यानमा राखेर) 6 – 8 वा 5 – 10 जना सहभागी जम्मा गर्ने।
2. छलफल मोडरेटर र बुँदा टिपोट गर्ने (note-taker) अध्ययन टिमद्वारा सन्चालन गरिन्छ, गर्ने।
3. मोडरेटरले उक्त छलफलको लागि पूर्व तयारी गरेको (12 -15 वटा स्पष्ट, छोटा गुणात्मक (qualitative) प्रश्नहरु सहितको) छलफल कुञ्जि (Discussion Guide) अनुसार निम्न तरिकाले छलफल सम्पन्न गर्ने:

सहभागीहरु बसिसकेपछि, छलफल प्रारम्भ गर्ने । (Introduction)

– (मोडरेटर) ले सहभागिताक लागि धन्यवाद दिने, स्वागत गर्ने ।
– आफनो परिचय दिने ।
– बुँदा टिपोट गर्नेहरुलाई चिनाउने ।
– अध्ययनको उद्देश्य बताउने ।
– छलफल सम्पन्न गर्ने तरिका बताउने । (विशेषगरी एउटै प्रश्न सबैलाइ सोधिने, तर सबैले उत्तर अनिवार्य दिनु नपर्ने, एकजना सहभागीले      आफ्नो धारणा राखिसकेपछि मात्र अर्को सहभागीले बोल्नुपर्ने कुराहरु बताउने)
– छलफलले लिने समय बताउने ( 60 – 90 मिनेट) ।
– छलफलको गोपनीयताबारे अनुरोध गर्ने ।
– सहभागिताको लागि अनुमति लिने ।
– छलफलको अडियो, भिडियो रेकर्डका लागि अनुमति लिने ।

परिचयात्मक चरण सुरु गर्ने

– सहभागीहरुको परिचय लिने (नाम, ठेगाना) वा मोडरेटरले नै परिचित गराएर छलफलका लागि आसनग्रहण गराउने ।

त्यसपछि,

उठाउनी प्रश्नहरु (Opening Questions) (बढीमा 2 वटा) (3-5 मिनेट)

– उठाउनी प्रस्नहरु सहभागीहरुलाई सहज हुने, सबैले भन्न सक्ने विसयवस्तुसँग सम्बन्धित सामान्य कुरा हुनुपर्छ । यो प्रश्न सहभागीहरुलाई एकआपसमा सहजता निर्माण गर्ने हुनुपर्छ ।

परिचयात्मक प्रश्नहरु (Introductory Questions) (10-15 मिनेट)

– परिचयात्मक प्रश्नहरु सामान्य विषयकेन्द्रित र विशेषगरी अध्ययन मुद्दामा सहभागीहरुको ध्यान केन्द्रित गर्ने खालको हुनुपर्छ ।
– मोडरेटरले निकै संख्यामा परिचयात्मक मूल प्रश्नलाइ पूर्णता दिने प्रश्नहरु तयार गरेको हुनुपर्छ, ताकि यसले सहभागीहरुको व्यापक प्रतिकृयाको लागि उत्साह थपोस् ।

मुख्य प्रश्नहरु (Key Questions) (30-45 मिनेट)

– मुख्य प्रस्नहरु अध्ययनको उदेश्यहरु प्राप्त गर्ने किसिमको हुनुपर्छ ।
– छलफल कुञ्जिमा तयार पारिएका लगभग दुइ तिहाई मुख्य र फल्लोअप प्रश्नहरु, चेकलिस्ट हेर्दै एकपछि अर्को गरी सोध्दै उत्साहजनक प्रतिक्रिया प्राप्त गर्नुपर्छ ।
– अन्तरमुखी सहभागीहरुलाइ प्रोत्साहित गर्दै फरक विचारहरु आए सहर्ष सम्मान गर्ने ।
– मुख्य प्रश्नहरु अध्ययनकाे प्रमुख विषयहरु भएकोले, विषयवस्तुको गहिराइसम्म पुग्नु पर्छ र सोहीअनुरुपका लामाछोटा आवसश्यकता अनुरुपका तयारी प्रश्नहरु सोध्न सकिन्छ ।

विसाउनी प्रश्नहरु (Closing Questions) (15-20 मिनेट)

– छलफल अन्त्यतिर उन्मुख भएको जानकारी गराउँदै, छलफल गरिएका विषयवस्तुहरुको सारांश प्रस्तुत गरेर सहभागीहरुलाई पुनरावलोकन गराउनु पर्छ ।
– तेस्तैगरी सम्बन्धित विषयवस्तुसम्बन्धी सहभागीहरूको सल्लाह सुझाव लिन सकिन्छ।
– छुटपुट विषयहरु बाँकी रहेमा त्यसलाइ पूर्णता दिनुपर्छ।
– लिखित दस्तावेज, डाटा भर्ने, मिलाउनु परेमा ती कामहरु पुरा गर्नु पर्छ।
– सहभागीहरुको केहि प्रश्न छ कि भनि सोधपुछ गर्दै, सहभागी भएकोमा धन्यवाद दिँदै छलफल समापन गर्नुपर्छ।

यसरी तथ्याङ्क संकलन गरिसकेपछि ‘फोकस समूह लेखन विधि’ Focus Group Writing Methods अनुरुप विश्लेषण गरी लिखित रुपमा शोधग्रन्थ तयार पारिन्छ ।

धन्यवाद ।

Source: Monique M. Hennink’s FOCUS GROUP DISCUSSION published by OUP.

-फेदाप, सोल्मा (तेह्रथुम)

(लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर