प्रदेश सरकारको कोषमा कुल ११ करोड ६५ लाख जम्मा - Sainokhabar

प्रदेश सरकारको कोषमा कुल ११ करोड ६५ लाख जम्मा

साइनो समाचारदाता

विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा कुल ११ करोड ६५ लाख ११ हजार आठ सय ३१ रुपैयाँ जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सरकारले कोरोना संक्रमित र शंकास्पद बिरामीको उपचारका लागि चार सय ३८ आइसोलेसन, पाँच हजार ३७ क्वारेन्टाइन र ४४ बेड आईसीयू तयार पारेको छ। क्वारेन्टाइनमा ४४ महिला र पाँच सय ६६ पुरुषसहित जम्मा छ सय १० जनालाई राखिएको छ । कार्यालयका अनुसार होम क्वारेन्टाइनमा पाँच सय ३८ महिला र दुई हजार ३ सय ९ पुरुष गरी जम्मा दुई हजार आठ सय ४७ जना छन् । आइसोलेसनमा पाँच महिला र छ पुरुष गरी ११ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ । तीमध्ये ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिपोर्ट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमुना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

सम्बन्धित खवर