तेस्रो पटक थपियो लकडाउन - Sainokhabar

तेस्रो पटक थपियो लकडाउन

साइनो समाचारदाता

काठमाडौँ । म‌ंगलबार(भोलि) सम्म लगाएको लकडाउनको समयावधि सरकारले तेस्रो पटक थपेको छ । पहिलो पटक सरकारले चैत ११ गतेदेखि, दोस्रो पटक चैत १७ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको थियो । दुई हप्तादेखि जारी लकडाउनलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो । दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएको तथा अझै पनि कोरोना फैलने सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको थियो । सीमा, अन्तराष्ट्रीय उडान र आन्तरिक आवतजावत बन्द गरेर भाइरसको संक्रमण फैलन नदिने नीति सरकारले लिएको हो। सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । तर खाद्यान्‍न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सञ्‍चालन गर्न भने दिने निर्णय गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: