आज मन्त्रिपरिषद् बैठक बस्दै - Sainokhabar

आज मन्त्रिपरिषद् बैठक बस्दै

साइनो समाचारदाता

काठमाडौं । सरकारले लकडाउनको समय सीमा बारे निर्णय लिन आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि लकडाउनको समय थप गर्ने विषयमा छलफल भएको थियो । दुई दिनअघि कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको थप संक्रमित पुष्टि भएको तथा अझै पनि कोरोना फैलने सम्भावना रहेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो ।

यस अघिको मन्पिरिषद्को बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्ला तथा एक प्रदेशबाट अर्को प्रदेशमा जान समेत रोक लगाउने निर्णय गरेको थियो । कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्ट विधिबारे सम्भावित संक्रमितको पहिचान गर्ने निर्णय गरेको थियो ।

सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १६ गते बिहान ६ बजेसम्मको लागि पहिलो चोटी लकडाउनको घोषणा गरेको थियो । त्यसपछि सरकारले फेरि ८ दिन लकडाउनको घोषणा गर्दै चैत २५ गते मध्यरातसम्मको लागि समय थप गरेकोमा फेरि बढीमा एक साता लकडाउन लम्ब्याउन खोजिएको हो

सम्बन्धित खवर