समुदायले बहस नगरेको आयाम: लोकसेवा - Sainokhabar
  • सोमबार, कार्तिक ०८, २०७८

समुदायले बहस नगरेको आयाम: लोकसेवा

मचिन्द्र थलङ

लोकसेवाको अर्थ जनताको सेवा हो , रास्ट्र सेवा हो । रास्ट्र सेवा गर्ने अवसर करोडाै नागरिक मध्ये केही सयले मात्र हरेक बर्ष अवसर पाउने गर्छन । अर्थात् यसपालि ७०० जत्तिको अफ़िसर कोटामा झण्डै ३० हज़ारले प्रतिस्पर्धा गरे , जुन ३० हज़ार मध्ये ७०० जनाले मात्र रास्ट्र सेवा गर्ने अवसर पाउनेछन् । तर २९,३०० जनाले रास्ट्र सेवाका लागि अर्को बर्ष कुर्नुपर्ने छ , वा अन्य पेशातिर लाग्नुपर्ने छ ।

लोकसेवा र समुदाय

नेपालको स्थिति हेर्ने हो भने सबैभन्दा धेरै Brain drain हुने जाति भनेका राई / लिम्बु / मगर र गुरुङ हो भन्दा अन्यथा नहोला ।यो समुदायमा लाहुर जाने प्रथाले ज़रा गाड़ेको छ । SLC वा SEE पछि सबैभन्दा राम्रा दिमाग र स्वास्थ्य भएका युवाहरू लाहुर जानका लागि धरान र पोखरा तिर हान्निने गर्छन् । हाम्रो समुदायमा लाहुरे पेशा नै सर्वश्रेस्ठ पेशा हो भन्ने मानकता स्थापित हुन गएको छ । यसले गर्दा यी समुदायको नेपालको प्रशासन मा आफ्नो उपस्थिति एक़दमै कमज़ोर छ । तर लाहुरेमा चै आफ्नो अवस्था मजबुतै होला । हाम्रो समुदायमा
लोकसेवाको चर्चा कमै हुने गर्छ । त्यो बाहेक बरु व्यापार व्यवसाय लाहुरेको बढ़ी चर्चा हुने गर्दछ । सायद एसकै परिणाम हुनु सक्छ , हाम्रा गाउँ वस्तीमा प्रतेक घरमा लाहुरे छन् तर रास्ट्रसेवक CDO , राजदूत सचिबुव , आइजीपी ,सेनापति भएका व्यक्तिहरू औलामा गनिने छन । अझै पनि समुदायमा लोकसेवा के हो भन्ने ज्ञान / चेतनाको अभाव देखिन्छ ।

लोकसेवा र राज्य 

राज्य संचालन मुख्य गरी २ खालका व्यक्तिहरूले गर्दछन् । एउटा भनेको Elected official हो भने दोश्रो भनेको Selected official हुन । elected Official अस्थाई हुन्छन भने selected official स्थाई हुन्छन । selected official भएर राष्ट्र सेवा गर्ने तथा शासन संचालनको साझेदार हुने एऊटै उपाय लोकसेवाको अध्ययन मात्र हो । हाम्रो समुदायमा जागिर भनेको पैसा कमाउनु मात्र हो , पेटपालन मात्र हो भन्ने संकुचित धारणा बढ़ी देखिन्छ । तर जागिर भनेको राज्यमा आफ्नो जातिको वर्चस्व स्थापित गर्नु पनि हो । भन्ने कुरा भुलिराखेका हुन्छौं ।

राज्य सधैंभरी लोककल्याणकारी हुन्छ भन्ने कुरोको सुनिश्चितता कहिले पनि गर्न सकिन्दैन । त्यसैले यदि राज्यका निकायहरूमा आफ्नो जातिको बर्चस्व छ भने भोलि राज्य अनुदार भएको खण्डमा त्यस्ता अनुदारवादी राज्यको विरुद्धमा विद्रोह समेत गर्न सकिन्छ । विश्वमा
यस्ता उदाहरणहरू पनि प्रसस्त छन ।

लोकसेवा र आवश्यक़ योग्यता

SLC पास देखि डिग्री सम्म योग्यता भएका जो कोहिले विभिन्न पद खर्दार, सुब्बा, अधिकृत लगायतका पदमा प्रतिस्पर्धा गर्न सक्छन् ।  मुदायमा डाक्टर , ईञ्जिनियर , पाइलोट मात्र उम्दा जागिर हो भन्ने गलत धारणा छ । ती विषय पढाउन सक्ने हैसियत नभएका अभिभावक र बिध्यार्थीहरूमा नैराश्यता भई बेलैमा खाड़ीतिर भास्सिने प्रवृति पनि छ । तर वास्तवमा सामान्य आर्थिक स्थितले पढन सकिने IA , BA ,MA
BBS , I.Ed , B.ed , M.Ed जस्ता विषय पढ़ेपनि लोकसेवामा प्रतिस्पर्धा गरि उम्दा रास्ट्रसेवक , प्रशासक बन्न सकिने प्रचुर सम्भावना छ ।

लोकसेवाको तयारी कहाँ गर्ने ?

समुदायका ८०% ले लोकसेवा कहाँ तयारी गर्ने  भन्ने कूरा नै थाहा नहुन सक्छ । वास्तबमा नेपालमा लोकसेवा तयारी गराउने भूमिगत निजी विश्वविद्यालयहरू रहेका छन । जहाँ वर्षभरि लोकसेवा पढ़ने बिध्यार्थीहरूको भीड लाग्ने गर्छ । मुख्य गरि बागबजारका NAME, MPA , APEX तथा बानेस्वोरको COLOMBIA ACADEMY लाई लोकसेवा पढ़ाई हूने UNDERGROUND UNIVERSITY को रुपमा लीन सकिन्छ । तर ती ठाऊँमा गएर पढ्नै पर्छ भन्ने चाहिँ छैन, अरु ठाऊँमा पढेर वा एक्लो प्रयासबाट , वा लोकसेवाको बिभिन्न अनलाईन प्याकेज खरिद गरेर वा बिभिन्न पेज तथा Youtube हेरेरपनि लोकसेवाको अध्ययन गर्न सकिन्छ । लोकसेवाको तयारिले अन्य शिक्षक सेवा, संस्थान लगायतको कोर्ष पनि लगभग कभर गर्ने गर्दछ ।

लोकसेवा कहिले खुल्छ ?

लोकसेवा लगभग बर्षभरि नै खुल्ने र परीक्षा संचालन हूने गर्दछ । निजामति सेवा , सेना, प्रहरी, संस्थान लगायतमा बर्षभरिनै भर्ना / छनौट / परीक्षा / सिफ़ारिस तथा नियुक्ति पदस्थापननको काम भईरहेको हुन्छ । यस्को लागी लोकसेवाले प्रकाशन गर्ने पात्रो हेर्नू पर्दछ । अथवा www.psc.gov.Np मा log on गरेर लोकसेवा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ ।

लोकसेवाको महत्व

लोकसेवाको महत्व त माथी पनि उल्लेख गरि सकिएको छ । लोकसेवा एक अवसरको खानी हो । हुनु त एकचोटी लोकसेवा पास  सकेपछि जीवन सुरक्षित हूने त छँदै छ । त्यहाँभित्र हुने तालिम / वृत्ति विकास / छात्रवृतिका अवसरले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका ख़ेल्दछ । देश विदेशको ज्ञान हासिल गर्न सकिन्छ । विदेश गएर ऊच्च शिक्षा हासिल गर्ने अवसर समेत प्राप्त हुने गर्दछ । लोकसेवाको सफलतापछि देशका विभिन्न अड्डाअद्वालत तथा अन्य सरकारी संरचनामा बसेर उम्दा नीति तथा कानून बनाउने कार्यमा सरिक भई राष्ट्रको सेवा गर्ने अवसरहरू प्राप्त हुने गर्दछ । राज्यले तोकेका / संविधान कानूनले दिएका क़ानूनी अधिकारको प्रयोग गर्ने अवसर प्राप्त हुन्छ ,तेस्सैले त
कर्मचारीतन्त्रलाई ‘सजीव संविधान’ को रुपमा समेत व्याख्या गर्ने गरिन्छ ।

अब के गर्ने ?

समुदायमा लोकसेवा प्रतिको जागरण ल्याउनु पर्दछ । लोकसेवा के हो ? भन्ने कुरा राम्ररी बुझाऊनु सक्नुपर्दछ । लोकसेवामा आफ़ना सन्ततिहरूलाई प्रेरित गर्नुपर्दछ ।लोकसेवा पास गरेपछिका अवसरको बारेमा राम्रो जानकारी दिई ऊनीहरूलाई उत्प्रेरित गर्नुपर्दछ ।र हाम्रा सामाजिक संघ – संस्थाहरुले पनि लोकसेवा सम्बन्धिका Orientation / कक्षा / प्रशिक्षण संचालन गर्नुपर्दछ । भलै चुम्लुङले २०७३ सालमा ३३ जनाको लागि लोकसेवा क्लास नि:शुल्क संचालन गरेको थियो । तर अहिले रोकिएको छ । यो दुःखद पक्ष हो । आऊँदो दिनमा लोकसेवाका कार्यक्रमहरूलाई किराँत राई यायोखाले जस्तै निरन्तरता दिनु पर्दछ ।’ अर्कों कूरा सामाजिक संस्थाहरूले – मुन्धुम / दर्शन / सांस्कृति / भूमि / गीत -संगीत / साहित्य / नाटक /फ़िल्म / तथा  राजनीतिक आयाम हरूको निक्कै बहस तथा कार्यक्रमहरू संचालन गर्ने गरेको देखिन्छ । तर एक महत्वपूर्ण बिषय लोकसेवा अर्थात प्रशासनिक आयामको बहस तथा प्रचार प्रसार न्यून मात्रामा मात्र हूने गरेको छ ।
आउन्दो दिनमा लोकसेवा अर्थात प्रशासनिक आयामलाई सशक्त रुपमा अगाड़ि ल्याउनु पर्दछ ।

– Thank Q

धन्यवाद ।

लेखक प्रदेश नम्बर एक सुनसरी जिल्ला देवानगञ्ज गाउँपालिकाका प्रशासन अधिकृत हुन् ।

(लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर