ज्ञान-यात्रा-१३: लिम्बु साँस्कृतिक पदमार्ग - Sainokhabar

ज्ञान-यात्रा-१३: लिम्बु साँस्कृतिक पदमार्ग

सुमन लिङ्देन 

भौगोलिक बनावटले नेपाललाई तीन भागमा बिभाजन गरिएको छ। जसमध्ये नेपालको बृहत् हिमालय क्षेत्र पूर्वमा ताप्लेजुङबाट सुरु भइ पश्चिम हुम्लामा अन्त्य हुन्छ। Great Himalayan Trail को मुख्य भाग यसैलाई मानिन्छ।

मानब थातथलो प्राचीन रुपमा भएको, पदमार्ग खुलेको, नेपाल सरकार तथा पर्यटन बिभागले पर्यटनको लागि पर्यटकीय क्षेत्र खुला गरेको नेपालको लामो र साहसिक पदमार्गमा कञ्चनजंघा पदमार्ग लाई पनि घोषणा गरिएको छ। बिश्वको तेश्रो चुचुरोको सेरोफेरोमा रहेको यसै पदमार्गमा पर्दछ Limbu Cultural Trail अर्थात लिम्बु साँस्कृतिक पदमार्ग।

लिम्बुु जाति नेपालको आधुनिक भूभाग एवं बृहत् हिमवत् खण्डमा देखिएका सबैभन्दा प्राचीन जाति मध्येको एक प्रमुख जाति हो। वैदिक काल पूर्वका जाति लिम्बुहरुले, फिरन्ते अवस्था देखि नै नेपाल एबं बृहत् खण्डलाई आफ्नो थलो कायम गरेका छन्।

यस Limbu Cultural Trail ताप्लेजुङ फुङलिङबाट मामांखे सम्मलाई भनिएको छ। सुकेटार, लालिखर्क, काँडे भन्ज्याङ, फुम्पे डाँडा हुँदै मामांखे पुगिन्छ। ठिकै सङ्गले पदयात्रा गरियो भने २ देखि ३ दिन सम्ममा फुङलिङबाट मामांखे पुग्न सकिन्छ। यस क्षेत्रमा करिवन् ९०-९५% सम्म लिम्बुहरुको बसोबास छ। जसमा लिम्बु-माबो थरको बाहुल्यता पाइन्छ।

नेपाल सरकार ऐन अन्तर्गत दर्ता भएको लिम्बुहरुको एकमात्र संग्राहलय ‘लिम्बू साँस्कृतिक संग्राहलय’ मामांखेमा रहेको छ। जहाँ लिम्बू जातिसंग सम्बन्धित विभिन्न महत्वका बस्तुहरु संग्रहित गरिएको छ। अध्ययनमा आएकाहरु,पर्यटकहरु… को लागि आँम्सिक रुपमा होम स्टे सुविधा पनि उपलब्ध गरिएको छ।

यति हुँदाहुँदै पनि हामिले उक्त पदमार्गलाई ब्यव्यस्थित गर्न सकेका छैनौ। हामीले हाम्रो साँस्कृतिक सम्पतिलाई आर्थिक उपार्जनको माध्यम बनाउने ठाउँ छ, त्यो गर्न सकिएको छैन। लिम्बू जातिसँग सम्बन्धित संस्कृति, सभ्यता, खाना … इत्यादिलाई पर्यटन संग जोडन सकियो भने उत्थानमा सघाउ त हुन्थ्यो नै साथै यो पदमार्गलाई नेपालकै उदाहरणीय बनाउन सकिन्थ्यो। जसरी थकाली खाना आज प्रख्यात छ।

लिम्बू जातिको सभ्यता, इतिहासको इपिसेन्टर पनि यतै(ताप्लेजुङ, पान्थर…) पर्ने हुनाले विभिन्न रुपले यो क्षेत्र महत्वको छ। मुन्धुममा वर्णन गरिएको प्रथम मानव मुजिङनामा खेयङनामाको ईतिहास छिरुवा आसपाससँग जोडिन्छ। सावायेत्हाङ किराँतहरुको पबित्र धार्मिक स्थल ‘फक्ताङ्लुङ’ कुम्भकर्ण यसै कंचनजङ्घा पदमार्ग अन्तर्गत पर्दछ। यो सानो चौहद्दिमा फैलिएको ‘तमोर सिभिलाइजेसन'(भनौ न त) को मुख्य क्षेत्र यतै पर्दछ तसर्थ, फुङलिङ-मामांखे सम्मलाई मात्र नभएर सभ्यताको रुपमा हेर्ने हो भने नर्थ रुटको (छिरुवा, लेलेप तर्फ) लाई पनि यसै पदमार्ग अन्तर्गत ल्याउनमा पहल गर्ने हो कि?

धन्यवाद ।

—————–

(ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: