'ज्ञान-यात्रा'-१४: समाचार - Sainokhabar

‘ज्ञान-यात्रा’-१४: समाचार

फिपराज बेघा

🔲: समाचार 

समाचार न्युजको उल्था हो । जुन शब्द ल्याटिन Nova बाट निर्माण भएको मानिन्छ । अंग्रेजीमा News बाट S निकाल्दा New मात्र बाँकी हन्छ । यसको नयाँ भन्ने अर्थ लाग्छ । New लाई वहुबचन गरी News बनेको हो भन्ने पनि तर्क पनि छ । NEWS को चार अक्षर North (उत्तर), East (पूर्व), West (पश्चिम), South (दक्षिण) चारै दिशाबाट एकत्रित विवरण नै समाचार हुन् ।

Charles Anderson Dana, Senior Journalist, The New York Sun ले ‘कुकुरले मान्छेलाई टोक्यो भने समाचार हुदैन । तर जब मान्छेले कुकुरलाई टोक्छ, तब त्यो समाचार बन्छ’ भनेका छन् । Turner Collidge ले हिजोसम्म नजानेको कुरा नै समाचार ठानेका छन् ।

उल्लेखित दुई समाचारको परिभाषा पत्रकारिताको क्षेत्रमा निक्कै प्रख्यात मानिन्छ । नयाँपन भएन भने त्यो समाचार मानिन्दैन । कुनै पनि नयाँ जानकारीलाई पत्रकारिताको भाषामा समाचार भनिन्छ । समाचार क्षेत्रहरुमा पत्रकार सम्मेलन, औपचारिक कार्यक्रम, सञ्चार माध्यमहरु, अन्तर्वार्ता, समारोह, सार्वजनिक सूचना आदि पर्दछ । समाचार क्षेत्र बाहेक पूर्व अनुमानित स्रोत, अप्रत्याशित स्रोत, प्रत्यासित स्रोत समाचारहरुका स्रोत हुन् । स्रोत व्यापक हुदै गएको छ । समाचार यथार्थता, सन्तुलन, विश्वसनीयता, निष्पक्षता, सरलता, संक्षिप्तता, जिम्मेवारीपूर्ण हुनुपर्छ ।

समाचार लेखन ठ्याक्कै यस्तै हुनुपर्छ भन्ने छैन । यद्यपि समाचार पठनीय हुनुपर्छ, प्रसंग दोहोरिरहनु हुदैन, अनावश्यक अभिव्यक्ति राख्नु हुदैन, छोटो हुनु पर्छ, व्याकरण, वाक्यांश शुद्धता र सिर्जनात्मक हुनुपर्छ । लेखनको औपचारिक शैलीलाई परम्परागत शैली वा उल्टो पिरामिड शैली पनि भन्ने गरिन्छ । समाचारको क्षेत्र पहिचान गरेपछि स्रोत पत्ता लगाइन्छ । उपलब्ध जानकारीलाई आमुख लिड बनाई अन्य जानकारीलाई प्राथमिकताको आधारमा लेखिने समाचारलाई उल्लो पिरामिड डाँचाको समाचार लेखन भनिन्छ । ‘छ क’ को जवाफ(Answer of the 5w + 1H) समाचारको स्रोत, उद्धरण, तथ्य, पृष्टभूमि, सामान्य पक्ष र कम महत्वका पक्षहरुलाई मध्यनजर गर्नुपर्छ । सिलसिलाबार तवरले समाचार लेख्नुपर्छ । समाचार लेख्ने जो कोहीको निष्पक्षता, तटस्थ, अध्ययनशील, अनुशासन, भद्र, नरम व्यवहार, सामाजिक व्यक्तित्व, आत्मविश्वासी, कानूनी ज्ञान, शंकालु, भाषिक ज्ञान, स्मरणशक्ति, शीघ्र निर्णय लिने गुण, आवश्यक उपकरणको जानकारी आदि गुणहरु हुनु आवश्यक छ ।

छापा र विद्युतीय माध्यमद्धारा लिम्बु भाषामा ‘इङघङ’ भनिने समाचार प्रकाशत तथा प्रशारण हुन्छ । समाचार छाप्ने थलो मानिने पत्रिका गोरखा पत्र साप्ताहिक नै नेपालको पहिलो पत्रिका हो । जुन वि.सं. १९५८ सालदेखि गोरखापत्रको प्रकाशनको शुभारम्भ भएको हो । समाचार नपढ्ने, नसुन्ने मान्छे हुदैन । सूचना, शिक्षा, अभिप्रेरणा र मनोरञ्जन प्रदान गर्ने काम समाचारले गर्ने भएकाले समाचारको ओज बढेको हो ।

धन्यवाद ।

—————–

(ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: