सिभिल बैंकको ५ लाख सहयोग, सरकारद्धारा सहयोग गर्न अपिल - Sainokhabar

सिभिल बैंकको ५ लाख सहयोग, सरकारद्धारा सहयोग गर्न अपिल

साइनो समाचारदाता

जनकपुरधाम । २ नम्बर प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिभिल बैंकले पाँच लाख रुपैया सहयोग गरेको छ ।

सोमबार बैंकका जनकपुर स्थित कार्यालयका प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखको रकम ट्रान्सफर डिटेल हस्तान्तरण गरेका हुन । यस अघि कोषमा, मेगा बैंक ,गण्डकी विकास बैंक, कुमारी बैंक ,माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, सिभिल मल लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन । प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपिल समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ

सम्बन्धित खवर

%d bloggers like this: