राहत वितरण गर्दा दुहबीमा झडप - Sainokhabar

राहत वितरण गर्दा दुहबीमा झडप

साइनो समाचारदाता

दुहबी । सुनसरीको दुहबीमा राहत वितरण गर्ने क्रममा विवाद उत्पन्न भएपछि आइतबार झडप भएको छ ।

प्रहरीका अनुसार राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै स्थानीय एक युवाले फेसबुकमा लेखेको विषयमा विवाद भएको थियो । सोही विषयमा छलफल गर्न आयोजित भेलामा दुई पक्षबीच झडप भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्कीले जानकारी दिए । दुहबी ९ का वडाअध्यक्ष मेहदी हुसैनले राजनीतिक पूर्वाग्राहका कारण आरोप लगाएको बताए ।

दुहवी ९ छातावलीमा दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित एक दर्जन स्थानीय युवा घाइते छ । राहत वितरणमा अनियमितता गरेको विवाद उठेपछि दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरी जवान अनिल यादव घाइते भएका हुन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । वडा कार्यालयले राहत वितरण सुरु गरेपछि त्यसमा अनियमितताको आरोप लागेको थियो ।

तस्वीरः प्रेम गिरी

दुहबी ५ र ९ मा राहत वितरण भए लगतै दुहबी ११ मा पनि राहत वितरण सुरु। गर्ने भएको छ । पहिलो चरणमा दुहबी नगरपालिकाको १२ ओटै वडाबाट असंगठित मजदुर र बिपन्न गरि ५ हजार जनतालाई राहत स्वरुप २० केजि चामल, २ केजि दाल, १ लिटर तेल, स्वाबिन र नुन वितरण गरिने दुहबी नगरपालिकाका मेयर बेदनारायणले जनाए ।

सम्बन्धित खवर

%d bloggers like this: