५० मजदुरलाई भिम शंकरको राहत - Sainokhabar

५० मजदुरलाई भिम शंकरको राहत

साइनो समचारदाता पथरी/ पथरीशनिश्चरेका ५० ज्यालादारी मजदुरीलाई पथरीका समाजसेवी तथा सुन ब्यापारी भिम शंकरले राहत सहयोग गरेका छन । भिम शंकर नेपाल जेसिस २०२० का अध्यक्ष अशोक शंकरका बुबा हुन । देशमा प्रकृतिक प्रकोपको स्थितीमा आफुले सकेको सहयोग गर्दै आएका शंकरले आफ्नो घर वरपर रहेका ५० परिवारलाई राहत वितरण गरेका हुन ।

लकडाउनका कारण ज्यालादारी गरेर खाने मजदुरहरु समस्यामा रहेकाले शंकरले घरमै बोलाएर राहत बाढेका हुन । पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा बस्ने ५० परिवारलाई १० केजि चामल, १ केजि दाल र एक लिटर तेल बितरण गरेका हुन । राहत पाउने अधिकाम्स डेरा गरि बस्दै कन्ट्रस्नमा लेवर र दैनिक यातायातमा पानी काकरा बेच्ने गर्दछन ।
कोरोना संक्रमणले बजार बन्द भए संगै दैनिक ज्यालादारीमा मजदुर गर्ने परिवारलाई समस्या पदै आएको छ । बजार बन्द भए पछि उनिहरुको आय स्रोत नभएको र लामो समय लकडाउन भएकाले दैनिक गुजरामा समस्या आए पछि शंकरले राहत बितरण गरेको बताए ।

सम्बन्धित खवर