लकडाउनमा कडाइ गर्ने मन्त्रिपरिषद्कौ निर्णय - Sainokhabar

लकडाउनमा कडाइ गर्ने मन्त्रिपरिषद्कौ निर्णय

साइनो समाचारदाता

काठमाडौँ । संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकार रहेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बताएका छन् । सरकारले चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद्कौ बैठकले आवागमनमा थप नियन्त्रण गर्दै लकडाउनमा कडाइ गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत खतिवडाले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा नियन्त्रण गरिने बताएका छन्। हालसम्म कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ।

सम्बन्धित खवर

%d bloggers like this: