राहत कोषमा २ लाख ३५ हजार जम्मा - Sainokhabar

राहत कोषमा २ लाख ३५ हजार जम्मा

साइनो समाचारदाता

पथरी । पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा हालसम्म २ लाख ३५ हजार १ सय रुपैयाँ जम्मा भएको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा हालसम्म २ लाख ३५ हजार १ सय रुपैयाँ जम्मा भएको हो । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइने छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: